News Portal

यस्तो छ आजको राशिफल

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२६० पटक
काठमाडौं

 

पौष ६, काठमाडाैं – पञ्चाङ्ग वि.सं. २०७५ साल पुस ६ गते। शुक्रबार। इश्वी सन् २०१८ डिसेम्बर २१ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३९ थिंलाथ्व। मार्ग शुक्लपक्ष। तिथि– चतुर्दशी, २५:४८ बजेउप्रान्त पूर्णिमा। नक्षत्र– रोहिणी, २५:३७ बजेउप्रान्त मृगशिरा। योग– साध्य, १६:४७ बजेउप्रान्त शुभ। करण– गर, १४:२९ बजेदेखि वणिज, २५:४८ बजेउप्रान्त भद्रा। आनन्दादिमा मित्र योग। चन्द्रराशि– वृष। काठमाडौंमा सूर्योदय– ६:५२ बजे, सूर्यास्त– १७:११ बजे र दिनमान २५ घडी ५० पला। काशिस्थित पिशाचमोचनमा तीर्थश्राद्ध। नुवाकोटमा दुप्चेश्वर मेला। पृथ्वीको उत्तरी गोलार्द्धमा वर्षभरिकै छोटो दिन तथा सर्वाधिक लामो रात्रि। मकरमा सायन सूर्य २७:५५ बजे प्रवेश।

हाम्रा सेवा सुविधाका बारेमा बुझ्न 9841405073 मा सम्पर्क गर्नु हाेला ।
ज्याेतिष विज्ञान अनुसन्धान केन्द्र, काठमाडाैं

मेष– अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ ।
वृष– मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ ।
मिथुन– अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्।
कर्कट– समयलाई पछ्याउन नसक्दा दुःख पाइनेछ । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला ।
सिंह– परिस्थिति अलि प्रतिकूल रहनेछ भने सोचेको लाभ नउठ्न सक्छ । तर सामान्य धन भनि प्राप्त होला ।
कन्या– फुर्सद मिल्नुका साथै यात्रा गर्ने अवसर जुट्न सक्छ परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि देखिन्छ ।
तुला– सवारीमा सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ ।
वृश्चिक– पढाइलेखाइमा समय दिन नसकिएला सहयोगीहरूको भरपर्दा काममा बाधा पुग्न सक्छ, सजग रहनुहोला ।
धनु– प्रेम र मित्रताको बन्धन कसिनुका साथै रमाइलो भेटघाट हुनेछ। विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् ।
मकर– अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला, पछि काम बिग्रनाले मन खिन्न हुनेछ।
कुम्भ– अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। पेटको खराबीले स्वास्थ्य कमजोर रहला।
मीन– लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दुःख पाइनेछ, जागिरमा पनि सावधान रहनु होला ।

06 गते बिशेष काम गर्ने राम्रो समय बिहान 08:54 देखि 09:54 सम्म छ, यो समय चन्द्र होराको हो / अनि केहि समय लाभ बेला र अमृत बेला पनि पर्छ । ज्योतिष शास्त्रमा यी चन्द्र होरा, लाभ बेला र अमृत बेला शुभ कामका लागि धेरै नै राम्रो मानिन्छन /

06 गते राहु काल बिहान 10:44 देखि मध्यान्न 12:01 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ /

06 गते काचो दुध, सेता बस्तु वा यीबाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, गर्भवती महिलाको सन्तान तन्दुरुस्त जन्मन्छ, यात्रामा गए यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन सोचेको राम्रो काम अवस्य बन्नेछ /

06 गते कुनै बिशेष यात्रामा निस्कदा केहि पश्चिम वा उत्तर दिशाबाट यात्रा सुरु गर्नु भए राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।

06 गते लागि सहित जुरेका कामहरु, बादबिवाद, विलाशिताका काम, नया लुगा अनि गहना लाउन, वाणिज्य व्यापार, पशू–कपडा किनबेच, कृषि कार्य, खेल, कपडा, साथीको काम, गहना बनाउने, चित्र विचित्र आनन्ददायी कर्म, देव कर्म, घरको काम, जग्गा जमिनको लेनदेन, गीत संगित, जस्ता काम आज फाब्छन /

२०७५ पुष ६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्