News Portal

दाङमा बस दुर्घटनामा मृत्यु हुनेकाे स‍ंख्या १६ पुग्यो

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२४० पटक
काठमाडौं

पौष ६ दाङ  तुलसीपुर नगरपालिका-३ मा भएको  बस दुर्घटनामा मृत्यु हुनेकाे स‍ंख्या १६ पुगेकाे छ। दुर्घटनामा ५ जना पुरुष र ५ जना महिला गरी १० जना घाइते भएकाे र उनीहरुलाई राप्ती उपक्षेत्रीय अस्पताल तुलसीपुरमा उपचारका लागि ल्याइएकाे छ।

रातिकाे समय भएकोले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ।

तुलसीपुर सल्यान सडक खण्डको तुलसीपुर उप-महानगरपालिका ३ राम्री भन्ने स्थानमा बस दुर्घटना भएको थियो।

कृष्णसेन इच्छुक पोलिटेक्निकल इन्स्टिच्युट घोराही दाङको बस शैक्षिक भ्रमणका लागि सल्यान पुगेर फर्कँदै गरेकाे बा४ ख ९७६६ नम्बरको बस दुर्घटना भएको हाे।

दुर्घटनामा  घाइते हुनेहरुमा जुम्ला तातोपानी गाउँपालिका १४ बस्ने १८ वर्षीय हिमाली हमाल, चन्दनाथ गाउँपालिका ३ बस्ने १६ वर्षीय शेन्द्र खत्री, घोराही उममहानगरपालिका १५ रतनपुर बस्ने १७ वर्षीया समीक्षा रोकाया, अछाम मंगलसेन नगरपालिकाकाे १८ वर्षीय क्रम भण्डारी, रुकुमकाे त्रिवेणी गाउँपालिका ३ बस्ने १६ वर्षीय प्रेम बहादुर खड्का,  घोराही उपमहानगरपालिका  १९ स्यूजा बस्ने १७ वर्षीया मेनुका रिजाल, जुम्ला चन्दनाथ २ बस्ने १७ वर्षीय जीवन भण्डारी, १६ वर्षीया पर्शा रोकाया, अछाम मंलगसेनकाे १९ वर्षीय यूवराज ढुंगाना, रुकुम सानोभेरी ३ बस्ने १६वर्षीया रोजिना पुन रहेका छन्।

२०७५ पुष ६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्