News Portal

आजको राशिफल

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
५०५ पटक
काठमाडौं

पौष ७, काठमाडौं —

मेष– स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ ।
वृष– अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । फाइदाका पछि लाग्दा सम्बन्ध बिग्रन सक्छ ।
मिथुन– आम्दानी बढढ्नेछ, परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ ।
कर्कट– व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ ।
सिंह– खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ । चुनौती पन्छाउँदै होसियारीसाथ काम लिनुपर्ने समय छ ।
कन्या– सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ ।
तुला– चिताएको कामले राम्रै लाभ दिलाउनेछ, भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ ।
वृश्चिक– मुख्य काममा बाधा हुने दिन छ । सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ ।
धनु– पहिलेका समस्या दोहोरिन सक्छन्। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ ।
मकर– जिम्मेवारी बढ्नेछ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने छ ।
कुम्भ– गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ ।
मीन– आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

07 गते बिशेष काम गर्ने राम्रो समय दिउसो 12:54 देखि 1:54 सम्म छ, यो समय गुरु होराको हो । अनि केहि समय शुभ बेला पनि पर्छ । ज्योतिष शास्त्रमा यी होरा बेला शुभ कामका लागि धेरै नै राम्रो मानिन्छन /

07 गते राहु काल बिहान 09:28 देखि बिहान 10:45 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ /

07 गते तिलभात मास चौलानी पानि वा यीबाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, गर्भवती महिलाको सन्तान तन्दुरुस्त जन्मन्छ, यात्रामा गए यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन सोचेको राम्रो काम अवस्य बन्नेछ /

07 गते कुनै बिशेष यात्रामा निस्कदा केहि उत्तर दिशाबाट यात्रा सुरु गर्नु भए राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।

07 गते साहित जुरेका कामहरु बादबिवाद, विलाशिताका काम, नया लुगा अनि गहना लाउन, वाणिज्य व्यापार, पशू–कपडा किनबेच, कृषि कार्य, खेल, कपडा, साथीको काम, गहना बनाउने, चित्र विचित्र आनन्ददायी कर्म, देव कर्म, घरको काम, जग्गा जमिनको लेनदेन, गीत संगित, जस्ता काम आज फाब्छन /

२०७५ पुष ७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्