News Portal

यस्तो छ आजको राशिफल

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३७८ पटक
काठमाडौं

 

पौष ८ काठमाडौं-

मेष– समयको पावन्दीलाई ख्याल गर्न नसक्दा अवसर गुम्न सक्छ । व्यवसायमा पनि सोचेको फाइदा नहुन सक्छ ।
वृष– आँटले अवसर दिलाउनेछ भने अवसरले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूलाई किनारा लगाउन सकिनेछ ।
मिथुन– आजको कामबाट मनग्य धनलाभ हुन सक्छ । साँझदेखि सहयोगीहरूले उत्साह जगाउनेछन् ।
कर्कट– भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला। सावधानीले सामान्य फाइदा उठाउन सकिनेछ ।
सिंह– काममा केही चुनौती देखापर्न सक्छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् ।
कन्या– व्यवसायमा समस्या देखापर्न सक्छ । चिताएका काममा बाधा हुनुका साथै परिस्थितिले अप्ठ्यारो मोडमा पुर्याउने देखिन्छ ।
तुला– शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ ।
वृश्चिक– रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । नयाँ कामको प्रस्ताव आउनेछ ।
धनु– समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् ।
मकर– आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् साथै सहयोग गर्नेहरू पनि कमै भेटिनेछन् ।
कुम्भ– साझेदारी काममा राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् ।
मीन– अवसर प्राप्त हुनुका साथै कीर्तिमानी काम गर्ने समय छ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।

हाम्रा सेवा सुविधाका बारेमा बुझ्न 9841405073 मा सम्पर्क गर्नु हाेला ।
ज्याेतिष विज्ञान अनुसन्धान केन्द्र, काठमाडाैं

08 गते बिशेष काम गर्ने राम्रो समय बिहान 09:55 देखि 10:55 सम्म छ, यो समय चन्द्र होराको हो / अनि केहि समय लाभ बेला पनि पर्छ । ज्योतिष शास्त्रमा यी चन्द्र होरा, लाभ बेला शुभ कामका लागि धेरै नै राम्रो मानिन्छन /

08 गते राहु काल बेलुका 3:53 देखि 05:09 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ /

08 गते रसीलो बस्तु, धिउ यी वा बाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, गर्भवती महिलाको सन्तान तन्दुरुस्त जन्मन्छ, यात्रामा गए यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन सोचेको राम्रो काम अवस्य बन्नेछ /

08 गते कुनै बिशेष यात्रामा निस्कदा केहि पश्चिम वा दक्षिण दिशाबाट यात्रा सुरु गर्नु भए राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।

08 गते साहित जुरेका कामहरु पशू–कपडा किनबेच, औषधी निर्वाण, मानिक सुन–तामा–रातो बस्तुको काम, सरकारी काम, मोह भङ्ग, ‐मोहिनी फुकाउने काम, मोहिनी, मारण ‐किरा, उपिया आदि मार्ने काम, विष प्रयोगका काम आगोको काम, बिगार्ने भत्काउने काम, हतियार प्रयोगको काम आज गरे राम्रो ।

२०७५ पुष ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्