News Portal

नेकपाभित्रै सरकारको चर्को विरोध : ४३ केन्द्रीय सदस्यद्वारा लिखित असहमति

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१८७ पटक
काठमाडौं

पौष ८, काठमाडौं- नेकपाका ४३ जना केन्द्रीय सदस्यले सरकारको काम गराइ प्रति लिखितरुपमै असन्तुष्टि जनाएका छन् । शनिबार उनीहरुले हस्ताक्षर संकलन गरी पार्टी नेतृत्वद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् ।

विवादास्पद छवि भएकाले सरकारबाट पाउने मानपदवी पाएको र राजनीतिक नियुक्ति गर्दा सरकारले अनैतिक आचरण भएकालाई नियुक्त गरेको भन्दै चर्को आलोचना गरेका छन् । केन्द्रीय सदस्य जगनाथ खतिवडाले भ्रष्टाचार विरुद्ध नलडेसम्म पार्टीको छवि उज्यालो नहुने बताए । उनले भने, ‘स्थायी समितिको जारी बैठकबाट दूरसञ्चार प्राधिकरणमा विवादास्पद छवि भएका दीगम्बर झाको नियुक्ति खारेज गरी देशभर भ्रष्टाचारको विरोधमा कार्यक्रम गर्नुपर्छ ।’

यी र यस्ता कतिपय घटनाक्रम तथा कामकारबाहीले कम्युनिस्ट सरकारको गरिमा र लोकप्रियतामा गम्भिर धक्का पुग्ने उनीहरुको निष्कर्ष छ । यसतर्फ पार्टी नेतृत्वको ध्यान जानुपर्ने र जारी स्थायी कमिटीको बैठकमा छलफलको विषय बनाउनु पर्ने पनि उनीहरुको माग छ । यस अघि २१ जना केन्द्रीय सदस्यले पनि सरकारको काम गराई र नेतृत्वको आलोचना गरी असन्तुष्टि जनाएका थिए । देश लामो समयदेखि संस्थागत भ्रष्टाचारको दलदलमा भासिए पनि उनीहरुले बताएका छन् ।

लिखित पत्रमा भनिएको छ, ‘एनसेल जस्ता कम्पनीहरुले हाकाहाकी कर छलिरहेका छन् र सरकारलाई विगतदेखि नै असहयोग गरिरहेका छन् । यस्ता संस्थागत भ्रष्टाचारका घटनाहरुलाई क्रमशः छिमल्दै र कारबाहीको दायरामा ल्याउँदै जानका लागि तत्कालैदेखि अभियान सञ्चालन गर्न आवश्यक छ । यसको सुरुवात राजनीतिक नियुक्ति पाएका भ्रष्ट छवीका मानिसहरुको नियुक्ति खारेजीबाट गरियोस् ।’

यस्तो छ विज्ञप्ति 

२०७५ पुष ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्