News Portal

मुलुकी ऐनले गणतन्त्रमा बोल्न डर मान्नु पर्ने अवस्था आयो – डा. सुन्दरमणी दीक्षित

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
६२७ पटक
काठमाडौं
भदौ ५, काठमाडौँ – नागरिक अगुवा डा. सुन्दरमणी दीक्षितले मुलुकी ऐनले मानव अधिकारमाथि हतियारको रुपमा आएको बताए । उनले राज्यको चौथो अंगले यसबार नागरिकलालई सुसूिचत नगरको भन्दै आफू पत्रकारविरुद्ध आक्रोसित भएको धारणा राखे ।
क्रान्तिकारी पत्रकार संगठन नेपाल, काठमाडौँले मंगलबार संवाद डबलीमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै “भदौ १ पहिले मलाई यो मुलुकी ऐनबारे जानकारी थिएन । म पत्रकारसँग आक्रोसित छु । तपाईँलाई थाहा थियो तर किन एक वर्ष पहिले किन बोल्नु भएन ? तर, वकिलहरु किन चुप लागे ?” दीक्षितले मानव अधिकारको पक्षमा बोल्दा राजाले पनि समात्न सकेको थिएन । तर, गणतन्त्रमा बोल्न डर मान्नु पर्ने अवस्था आएको छ । ज्यादै ठूलो खतराको भएको महशुस भएको छ ।
सरकारको नेतृत्वकर्ताहरु लोकतन्त्रवादी हुनभने मुलुकी ऐनमा आएको कानुन कार्यान्वयन नगर्ने तर तानाशाह भए कार्यान्वयन गर्ने धारणा राख्दै दीक्षितले लोकतन्त्रमा सबभन्दा ठूलो कुरा स्वतन्त्रता भएको बताए । उनले शासक कमजोर भएमात्र स्वतन्त्रतासँग डराउने पर्ने बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै वाम विश्लेषक तथा वरिष्ठ पत्रकार नरेन्दजंग पीटरले मुलुकी ऐनमा गरिएको कानुनी व्यस्थाले बोल्दा मुख छोप्नु पर्ने र लेख्दा कमल बाच्नुपर्ने अवस्था सिर्जन भएको बताए ।
एक वर्ष पहिलेनै ऐन आएकोले नबोल्नु प्रेस जगतको कमजारी भएको भन्दै पीटरले भने, “एक वर्षसम्म कानमा तेल हालेर सुते । हाम्रो प्रेस र कानुन व्यवसायीको हैसियत के रहेछ भन्ने कुरा देखियो ।” उनले सत्ताले यथास्थितिको संरक्षण गर्ने र विद्रोहीले भत्काईदिने भएको बताउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रविरुद्ध आउने कुनै पनि ऐन र कानुनको पत्रकार विद्रोही हुनुपर्ने धारणा राखे । पत्रकारिता चौथो अंग बन्नेकी चुथो बन्ने प्रश्न गम्भीर भएर आएको बताउँदै पीटरले भने, स्वातन्त्रता, मानव अधिकारको मूल्यबारे बोल्न नसक्ने पत्रकारिता चुथो हुन्छ । उनले सरकारले कानुन ल्याउनु पर्छ तर पत्रकारले प्रश्न गर्ने अधिकार पाउनुपर्ने बताए ।
नेपाल पत्रकार महासंघका पूर्व सचिव प्रभात चलाउनेले संहिताको नाममा मुलुकी ऐनमा आएको कानुनले विचार, प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथिको हमला भएको बताए । उनले संहिता ऐन आचरण र नैतिक कुरा हो तर राज्यले लेख्नेलाई, बोल्नेलाई कैद गर्नेगरी संहिता ल्याइएको छ । मुलुकी ऐनमा शब्दका जाल बुनेर नागरिकको स्वतन्त्रतामाथि हमला गरिएको चलाउनेको दाबी छ ।
मुलुकी ऐन प्रेसविरुद्ध कठोर भएर ल्याइएको चलाउने बताए । पदीय मर्यादामा नबस्ने व्यक्तिविरुद्ध लेख्न नपाउने गरी संहिता ल्याइएको बताउँदै चलाउने भने, “यो संहिता होइन, नागरिकको स्वतन्त्रताविरुद्ध ल्याइएको हतियार हो । अझ यसले खोजी पत्रकारिताको त हत्य नै गर्छ ।”
देश संक्रमणकालिन अवस्थामै भएको बताउँदै चलाउने राजनीतिक अधिकारको लागि कुनै सभा, जुलुस गर्न नपाइने अवस्था आएको बताए । उनले यो संहिता नेपाली चेतनाले नभएर विदेशीको निर्देशन र अनुभवका अधारमा ल्याइएको बताए । मुर्दा शान्तिमाथि मोजमस्ती गर्न संहिता ल्याएको भन्दै शसक्त आन्दोलनमा उत्रिनुको विकल्प नभएको बताए ।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापामगरले मुलुकी ऐनमा ल्याइएको कानुन पत्रकारको गर्धनमाथि हतियार भएको बताए । उनले पत्रकार पेश छोड्नु पर्ने अवस्था आएको बताउँदै त्यसविरुद्ध नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको जानकारी दिए । उनले पहिलो चरणको आन्दोलनमा घोषणा गरेको भन्दै सहभागीताको लागि सबैलाई आग्रह गरे । थापामगरले यो कानुन ल्याउने नेताहरुको आन्दोलन सफल बनाउन पत्रकारले महत्वपूर्ण भूमिका खेलको तर त्यसको फलस्वरुप कलम निमोड्ने कानुन ल्याएको बताए ।  मुलुकी ऐनले ल्याएको कानुनले खोजि पत्रकारितामाथि बन्देज लगाउन खोजेको बताउँदै थापाले यो पेशा गर्ने भए चुनौतिको सामना गर्न तयार हुनुपर्ने बताए ।
मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंहले संहिता भनेको आफै मान्ने कुरा हो । उनले संहिताले भय नगर्ने बताएको बताउँदै मुलुकी ऐनले भय सिर्जना गरेको बताए । उनले जारी संहिताले कुण्ठित गर्न खोजेको प्रेस स्वतन्त्रता फिर्ता ल्याउन नसके अधिनायकवाद आउने धारणा राखे ।

२०७५ भदौ ५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्