News Portal

ओली सरकार अहिले लम्पसारवादमा परिणत भएको कांग्रेस निष्कर्ष

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१८३ पटक
काठमाडौं

पौष ९, काठमाडौं – एक साता बढी चलेको नेपाली कांग्रेसको महासमिति बैठक सकिएको छ । बैठकले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार लम्पसारवादमा परिणत भएको आरोप लगाएको छ । राष्ट्रियताको नारालाई चरम दुरुपयोग गर्दै निर्वाचित भएको ओली सरकार अहिले लम्पसारवादमा परिणत भएको कांग्रेस निष्कर्ष छ ।

‘वर्तमान ओली सरकार राष्ट्रियताको नाराको चरम दुरुपयोग गर्दै निर्वाचित भएको हो । तर सरकारमा निर्वाचित भएर आए पछिको यसका क्रियाकलाप लम्पसारवादमा परिणत भएको छ’, बैठकपछि समसामयिक विषयमा कांग्रेसले पारित गरेको प्रस्तावमा भनिएको छ, ‘दुई पक्षीय र बहुपक्षीय वैदेशिक सम्बन्धमा यो सरकारले नेपालको राष्ट्रिय स्वार्थलाई प्रतिनिधित्व गर्न नसकेको स्पष्ट छ ।’

उसले ओली सरकार व्यक्तिगत निहित स्वार्थका आधारमा जथाभावी विदेशी ऋण स्वीकार्ने बाटोमा हिँडेको आरोपसमेत लगाएको छ । बैठकपछि कांग्रेसले समसामयिक विषयमा १५ बुँदे धारणा समेत सार्वजनिक गरेको छ ।
अन्नपूर्णबाट

२०७५ पुष ९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्