News Portal

‘मिस्टर भर्जिन’लाई उत्साहजनक प्रतिकृयाको ओइरो, उपत्यका बाहिर थपियो २३ सिनेमा हल

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३८० पटक
काठमाडौं

काठमाडौँ – गत शुक्रबारबाट एकसाथ ४ नेपाली चलचित्र प्रदर्शनमा आए । चार नेपाली चलचित्र प्रर्दशनमा आउँदा ब्यापार र दर्शक बाढिने पक्का नै थियो र भयो पनि त्यस्तै । चलेका चार चलचित्र मध्य ब्यापारिक हिसाबले चलचित्र ‘मिस्टर भर्जिन’ अगाडी देखिएको छ । चलचित्र अगाबै यसले बनाएको हाइप , चलचित्र प्रर्दशनमा आउँदा सबै भन्दा बढी हल पाउनु र मल्टिप्लेक्समा उत्साहजनक ब्यापार गर्नुले सो कुरा को पुष्टी गर्छ । चलचित्रले दर्शकहरुबाट पाएको सकारात्मक प्रतिकृया कै कारण आजबाट उपत्यका बाहिर ‘मिस्टर भर्जिन’ले थप २३ हल पाएको छ । यस्तै काठमाडौंका मल्टिप्लेक्सहरुमा पनि थप शोहरु थपिएका छन् ।

चलचित्रलाई लिएर दर्शकहरुबाट राम्रो प्रतिकृया आइरहेकै कारण थप हलहरु बढेको र अझ आगमी दिनमा दर्शकको राम्रो उपस्थिती रहने बिश्वास रहेको निर्देशक बिशारद बस्नेतले बताए । चलचित्र ‘मिस्टर भर्जिन’ यौन मनोबिज्ञानमा आधारित पहिलो कमेडी चलचित्र हो । फरक विषय बस्तुमा रमाइलो चलचित्र हेर्न पाहियो भन्ने खालका प्रतिकृयाहरु दर्शकहरुबाट प्राप्त भईरहेको छ । वल्र्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसनको ब्यानरमा निर्माण भएको चलचित्रमा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रमा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती, टिका पुलामी मगर र हेम प्रसाद दवाडी रहेका छन् ।

२०७५ भदौ ५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्