News Portal

हेर्नुहोस् आजको राशिफल

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२६४ पटक
काठमाडौं

 

पौष १०, काठमाडौँ –  पञ्चाङ्ग – वि.सं. २०७५ साल पुस १० गते। मंगलबार। इश्वी सन् २०१८ डिसेम्बर २५ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३९ थिंलागा। पौष कृष्णपक्ष। तिथि– तृतीया, १७:५२ बजेउप्रान्त चतुर्थी। नक्षत्र– तिष्य, २०:२० बजेउप्रान्त अश्लेषा। योग– वैधृति, २६:३८ बजेउप्रान्त विष्कम्भ। करण– वणिज, ७:०१ बजेदेखि भद्रा, १७:५२ बजेपछि वव, २८:४१ बजेउप्रान्त वालव। आनन्दादिमा प्रवर्द्धमान योग। चन्द्रराशि– कर्कट। काठमाडौंमा सूर्योदय– ६:५४ बजे, सूर्यास्त– १७:१४ बजे र दिनमान २५ घडी ५० पला। क्रिश्चियनहरूको क्रिसमस डे। कृष्ण प्रणामी महाराज छत्रशालको धामगमन भएको दिवस। सर्वार्थसिद्धि योग २०:२० बजे प्रारम्भ।

हाम्रा सेवा सुविधाका बारेमा बुझ्न 9841405073 मा सम्पर्क गर्नु हाेला ।
ज्याेतिष विज्ञान अनुसन्धान केन्द्र, काठमाडाैं

मेष– ज्ञान तथा रहस्य पत्ता लगाउन सकिनेछ । तर, स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ ।
वृष– घरेलु समस्याले सताए पनि प्रयत्न गर्दा विभिन्न काम सम्पादन हुनेछन् । शुभचिन्तकहरूले सहयोगका लागि तत्परता देखाउनेछन् ।
मिथुन– लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने मौका छ । बेसुरमा वचन दिनाले दुस्ख पाइनेछ ।
कर्कट– शुभचिन्तकहरूले आफ्ना योजनामा साथ दिनेछन् । भौतिक साधन प्राप्त हुनेछन् । व्यवसायले यात्राको अवसर जुटाउन सक्छ ।
सिंह– आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ ।
कन्या– साँझतिर अवसरवादीहरूले अप्ठ्यारोमा पार्न सक्छन् । हुलमुलमा धनमाल जोगाउने चेष्टा गर्नुहोला ।
तुला– रोकिएका काम बन्नुका साथै विभिन्न अवसर समेत प्राप्त हुनेछन् । नसोचेको धन लाभ हुन सक्छ।
वृश्चिक– विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूको साथ जुट्नाले मनमा उत्साह बढ्नेछ ।
धनु– अरूका लागि बुद्धि खर्चनुपर्नेछ । गोपनीयतामा ध्यान पुर्याउनुहोला । साँझदेखि स्थितिमा सुधार आउनेछ ।
मकर– आर्थिक लाभ हुने दिगो काम प्रारम्भ हुन सक्छ । तर, बलजफ्ती गर्दा हानि हुन सक्छ ।
कुम्भ– विभिन्न अवसर प्राप्त हुनाले मन प्रफुल्ल हुनेछ । अतिथिको रूपमा सम्मान पाइएला ।
मीन– प्रेम र मित्रताको बन्धन कसिने समय छ । बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धामा उत्रनुपर्ला ।

10 गते को बिशेष काम गर्ने राम्रो समय बिहान 10:56 देखि 11:56 सम्म छ, यो समय गुरु होराको हो र केहि लाभ बेला, केहि अमृत बेला र केहि अभिजित मुहूर्तको पनि पर्छ । ज्योतिष शास्त्रमा यी होरा, बेला, मुहुर्तहरु सबै शुभ कामका लागि राम्रो मानिन्छन ।

10 गते राहु काल दिउँसो 02:37 देखि 03:54 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ ।

10 गते काजु गुंड यी वस्तु वा यीबाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, गर्भवती महिलाको सन्तान तन्दुरुस्त जन्मन्छ, यात्रामा गए यात्रामा हुने दिशा शूल, वार शुल, तिथि शुल, नक्षत्र शुल आदि कुराको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन सोचेको राम्रो काम अवस्य बन्नेछ ।

10 गते कुनै बिशेष यात्रामा निस्कदा केहि पूर्व वा दक्षिण दिशाबाट यात्रा सुरु गर्नु भए राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।

10 गते का लागि सहित जुरेका कामहरु प्रतियोगिताको काम, भेद काम, अलग गर्ने काम, हतियार, मुगा, सुन–रातो बस्तुको काम, रक्तश्राप काम रगत बगाउने काम, जग्गा जमिनको काम,

२०७५ पुष १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्