News Portal

प्रकाण्डले भने : आफ्नो पार्टीले कुनै युद्धको तयारी गरेको छैन , वार्ता गर्न तयार छौँ

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२१४ पटक
काठमाडौं

पौष १० बुटवल – नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर बिश्वकर्मा प्रकाण्डले आफ्नो पार्टीले कुनै युद्धको तयारी नगरेको स्पष्टिकरण दिएका छन् ।

पार्टीलाई बद्नाम गराउन ‘बाहिर युद्धको तयारी भएको भ्रम’ छरिएको भन्दै त्यसको विश्वास नगर्न जनतालाई आग्रह गरे । क्रान्तिकारी पत्रकार संगठनले बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सरकारले बन्दुक देखाए त्यस विरुद्ध उत्रिने चेतावनी दिए ।

‘हामी कुनै युद्धको तयारीमा छैनौँ, तर सरकारले बन्दुक देखाए त्यसको प्रतिवादमा उत्रिन्छौँ,’ उनले भने । सरकारद्वारा गठिन वार्ता समितिसँग वार्ता गर्न तयार रहेको उनले बताएका छन् । तर वार्ता राजनीतिक दलको हैसियतमा हुनुपर्ने उनको अडान छ ।

‘सत्तारुढ नेकपा(नेकपा) भन्दा हामी बलियो शक्ति हौँ, दलकै हैसियतमा वार्ता समितिसँग छलफल गर्न तयार छौँ,’ उनले भने । पूर्वमन्त्री समेत रहेका नेता प्रकाण्डले सरकारको कडा आलोचना समेत गरे । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार टिकाउन सकस भइसकेको उनको दावी छ ।
अन्नपूर्णबाट

२०७५ पुष १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्