News Portal

निर्मला हत्याकाण्डको अनुसन्धानमा नेपाल प्रहरी इमान्दारीपूर्वक काम गरिरहेको छ : महानिरीक्षक खनाल

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३४८ पटक
काठमाडौं

 

पौष १०, काठमाडौँ –  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शान्ति सुरक्षा, अपराध अनुसन्धानलगायत नीतिगत एवं प्रशासनिक गतिविधिमा उपलब्धीमूलक कार्य गर्न प्रहरी संगठन दृढ रहँदै आएको बताएका छन् ।

प्रहरी प्रधान कार्यालयद्वारा सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन्  ।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले पछिल्लो समय नेपाल प्रहरीबाट भएका समसायिक बिषयमाथि प्रकाश पार्दै शान्ति सुरक्षामा प्रहरीको गतिशीलता, अपराध अनुसन्धानतर्फ भएका प्रगतिबारे जानकारी दिए  । नेपाल प्रहरीकाप्रशासनिक गतिविधि, तालिम कार्यक्रम, कार्वाही तथा पुरस्कार, नीतिगत कार्यहरु, संरचनागत कार्यहरु, वजेट तथा आर्थिक नियमितता, आर्थिक नियमितता तथा खरिद वन्दोवस्ती, भौतिक पूर्वाधार, द्विपक्षीय तथा वहुपक्षीय अन्तर्राष्ट्रिय समझदारी,अन्तर्राष्ट्रिय उपलब्धीबारे भएका पछिल्लो विवरण उनले प्रस्तुत गरे ।

हालै कार्यान्वयनमा ल्याइएको समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत भएका कार्यक्रम संचालन, प्रहरी कारर्वाही, साझेदारीता, सामुदायिक गतिविधिहरु, मुद्दा दर्ता सख्याबारे तथ्यगत प्रस्तुतिकरण गर्दै प्रहरी महानिरीक्षक खनालले आर्थिक वर्ष २०७४/०७५ मा जवरजस्ती करणीमा पीडित र पिडकको नाताबारे विश्लेषणात्मक विवरण प्रस्तुत गरे  ।

उक्त अवसरमा निर्मला हत्याकाण्ड र प्रहरी अनुसन्धान सम्बन्धी संचारकर्मीहरुद्वारा राखिएको जिज्ञासा निरुपण गर्दै प्रहरी महानिरीक्षक खनालले घटना अनुसन्धानमा नेपाल प्रहरीको इमानदार प्रयास रहेको छ । अनुसन्धानमा विज्ञ समूह प्रयोग गर्ने लगायत सबै प्रयास जारी रहेको चर्चा गर्दै छिटो र सही अनुसन्धान होस् भन्ने चाहना पुरा गर्न सबैको सहयोग आवश्यक रहेकोतर्फ उनले जोड दिए  ।

नेपाल प्रहरीमा सम्पूर्ण साधान श्रोत आवश्यकताको आधारमा उपयोग हुने बताउँदै प्रहरी महानिरीक्षक खनालले संगठनको नीति अनुरुप संगठन र नागरिकको हितमा मात्र उच्चतम प्रयोग हुँदै आएको उल्लेख गरे  । कतिपय नियमसंगत कार्यको गतिविधि बाहिर आएका अनुसन्धानमा असर पर्ने भएकोले त्यस्ता समाचार सम्प्रेषणमा सजग भइदिन उनले आग्रह समेत गरे ।

संघीय प्रहरी ऐन सम्बन्धमा राखिएको जिज्ञासाबारे प्रहरी महानिरीक्षक खनालले प्रहरीले विगत ३ वर्षदेखि नै सहभागी हुँदै तहगत रुपमा समिति बनाई त्यसैको आधारमा सरकारमा सुझाव सिफारिस गरिएको बताए  । संगठनलाई अझै गतिशील बनाउन हरेक काम परिस्कृत र परिमार्जन भइरहेको समेत उनले उल्लेख गरे  ।

प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीमा प्रविधिको विकास गर्न विशेष ध्यान दिई हालै डाटा सेन्टर, साइबर ब्यूरोस्थापनाको साथै सिसिटिभि आदिको प्रयोगमा जोड दिइएको बताए  ।प्रहरी जनशक्ति र युनिट थप गर्ने जनस्तरको मागतर्फ नेपाल प्रहरीले ध्यान दिई प्रकृया अगाडी बढाएको समेत उनले उल्लेख गरे ।

प्रहरी संगठनले गर्नुपर्ने मूलभूत कामतर्फ संगठन सदैव दृढ भएर लागिरहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले भने , “ कानुनको अगाडि सबै बराबर हुन्छन् ।” प्रहरी संगठनसँग सम्बन्धीत नीतिगत कुराहरुमा संगठनले आफ्ना दृष्टिकोण राम्ररी राखेको चर्चा

गर्दै यसमा सरकारबाट उचित निर्णय हुने अपेक्षा राखिएको उनले बताए  । संगठनको बृत्ति विकास, नीति निर्माण लगायतका काममा हाल सबै तहका प्रहरी कर्मचारीको सहभागिता रहेको उनले प्रष्ट पारे  ।

 

२०७५ पुष १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्