News Portal

सन्दिपको उत्कृष्ट बलिङसंगै क्यारेबियन प्रिमियर लिगमा प्याट्रोईट्सको फराकिलो जित

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४७४ पटक
काठमाडौं

भदौ ६, काठमाडौँ – वेस्टइन्डिजमा जारी हिरो क्यारेबियन प्रिमियर टि-२० लिग अन्तर्गत आफ्नो चौथो खेलमा नेपाली लेग स्पिनर सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गर्दै टिमलाई दोस्रो जित दिलाएका छ्न ।

भर्खरै सम्पन्न खेलमा टस हारेर ब्याटिङ गरेको एस टि लुसिया स्टार्सले जितका लागि दिएको ७० रनको सामान्य लक्ष्य एस टि किट्स एन्ड नेभिस प्याट्रोईट्सले ७.४ ओभरमा ३ विकेट गुमाएर ७० रन बनाउदै फराकिलो जित निकालेको हो ।

यस अघि वेस्टइन्डिजको ड्यारेन स्वामी नेसनल क्रिकेट मैदानमा जारी प्रतियोगितामा टस हारेर ब्याटिङ गरेको एस टि लुसिया स्टार्सले १२.३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ६९ रन बनाएको थियो उसका लागि ब्याटिङ तर्फ ब्याटिङतर्फ क्वेज अहमदले २४ तथा डेभिड वार्नरले १४ रन बनाउनु बाहेक अरु कुनै पनि ब्याट्सम्यानले दोहरो अङ्क समेत छुन सकेनन ।

किरन पोलार्डको कप्तानिमा रहेको एस टि लुसिया स्टार्सलाई सस्तैमा समेट्ने क्रममा एस टि किट्स एन्ड नेभिस प्याट्रोईट्सको तर्फबाट बलिङमा सेल्डन कोट्रेलले सर्वाधिक ३ , सन्दिप लामिछाने र महम्दुल्लाहले समान २-२ तथा क्यार्लोस ब्र्याथोईटे र बेन कटिङले पनि १-१ विकेट लिएका थिए ।

सन्दिप लामिछानेले २ ओभरमा १३ रन दिदै २ महत्त्वपूर्ण विकेट लिएका थिए ।

जारी प्रतियोगितामा ४ खेल बाट दुईमा जित निकाल्दै सन्दिप लामिछाने सम्मिलित टिम एस टि किट्स एन्ड नेभिस प्याट्रोईट्स ४ अङ्कका साथ अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

नेपाली खेलाडी सन्दिप लामिछाने सम्मीलित एस टि किट्स एन्ड नेभिस प्याट्रोईट्सको अबको खेल अगामी आईतवार बार्बाडोस ट्रेडेन्स सङ्ग रहेको छ भने उक्त खेल सन्दीपका लागि जारी प्रतियोगिताको अन्तिम खेल हुनेछ ।

आइतबारको खेल पछी सन्दिप लामिछाने राष्ट्रिय टोलिबाट एसिया कप क्वालिफायर खेल्न मलेसिया जाने भएका छ्न ।

२०७५ भदौ ६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्