News Portal

आजको राशिफल

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
५९४ पटक
काठमाडौं

 

पौष ११ , काठमाडौँ  – पञ्चाङ्ग – वि.सं. २०७५ साल पुस ११ गते। बुधबार। इश्वी सन् २०१८ डिसेम्बर २६ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३९ थिंलागा। पौष कृष्णपक्ष। तिथि– चतुर्थी, १५:३० बजेउप्रान्त पञ्चमी। नक्षत्र– अश्लेषा, १८:३९ बजेउप्रान्त मघा। योग– विष्कम्भ, २३:२८ बजेउप्रान्त प्रीति। करण– वालव, १५:३० बजेदेखि कौलव, २६:१९ बजेउप्रान्त तैतिल। आनन्दादिमा राक्षस योग। चन्द्रराशि– कर्कट, १८:३९ बजेउप्रान्त सिंह। काठमाडौंमा सूर्योदय– ६:५४ बजे, सूर्यास्त– १७:१४ बजे र दिनमान २५ घडी ५० पला।

मेष– हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ । समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला ।
वृष– रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ। व्यवसायमा राम्रै फाइदा हुनेछ।
मिथुन– आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । कमजोर मानसिकताले पछि परिनेछ ।
कर्कट– व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । कमजोरी लुकाउँदा पछि परिनेछ ।
सिंह– आजको दिनमा चिताएको काममा सफलता मिल्ने देखिन्छ । साथै टाढाको यात्राको पनि योग रहेको छ ।
कन्या– आश्वासन बाँड्नेहरूको भरपर्दा काम बिग्रन सक्छ । शक्तिशाली व्यक्तित्वबाटै अवरोध हुने समय छ ।
तुला– आम्दानी बढ्नेछ परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ ।
वृश्चिक– विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।
धनु– प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सकिनेछ । चिताएको काम पनि पूरा हुन सक्छ ।
मकर– श्रम गरीकन मूल्य प्राप्त नहुने समय छ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन ।
कुम्भ– नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ । बिनाप्रतिस्पर्धा धनलाभ हुनेछ ।
मीन– प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । उपलब्धिले थप उत्साह जगाउनेछ ।

हाम्रा सेवा सुविधाका बारेमा बुझ्न 9841405073 मा सम्पर्क गर्नु हाेला ।
ज्याेतिष विज्ञान अनुसन्धान केन्द्र, काठमाडाैं

11गतेको बिशेष काम गर्ने राम्रो समय दिउसो 02:56 देखि 03:56 सम्म छ यो समय चन्द्र होराको हो ।

11 गते राहु काल मध्यान्न 12:04 देखि दिउँसो 1:20 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ ।

11 गते यात्रामा निस्कदा केहि दक्षिण वा पूर्व दिशाबाट यात्रा सुरु गर्दा राम्रो हुनेछ । यसो गरे यात्रामा हुने वार शुल, तिथि शुल, नक्षत्र शुल आदि कुराको दोष कम हुन्छ ।घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।

11गते रसीलो बस्तु बाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, गर्भवती महिलाको सन्तान तन्दुरुस्त जन्मन्छ, यात्रामा गए यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन सोचेको राम्रो काम अवस्य बन्नेछ /

11गतेका लागि सहित जुरेका कामहरु चातुर्य, दक्षता, कला, पुण्य कर्म, ब्यापार गृह आरम्भ, अध्ययन, धातु क्रिया, जागिर प्ररम्भ, बादबिवाद, पन्ना हरीयो बस्तुको काम

२०७५ पुष ११ गते प्रकाशित

प्रतिकृया दिनुहोस्