News Portal

यस्तो छ आजको राशिफल

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२६० पटक
काठमाडौं

 

पौष १२, काठमाडाैं – पञ्चाङ्ग वि.सं. २०७५ साल पुस १२ गते। बिहीबार। इश्वी सन् २०१८ डिसेम्बर २७ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३९ थिंलागा। पौष कृष्णपक्ष। तिथि– पञ्चमी, १३:०९ बजेउप्रान्त षष्ठी। नक्षत्र– मघा, १७:०० बजेउप्रान्त पूर्वफाल्गुनी। योग– प्रीति, २०:२१ बजेउप्रान्त आयुष्मान्। करण– तैतिल, १३:०९ बजेदेखि गर, २४:०१ बजेउप्रान्त वणिज। आनन्दादिमा मुसल योग। चन्द्रराशि– सिंह। काठमाडौंमा सूर्योदय– ६:५४ बजे, सूर्यास्त– १७:१५ बजे र दिनमान २५ घडी ५१ पला।

हाम्रा सेवा सुविधाका बारेमा बुझ्न 9841405073 मा सम्पर्क गर्नु हाेला ।
ज्याेतिष विज्ञान अनुसन्धान केन्द्र, काठमाडाैं

मेष– दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ ।
वृष– स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । मध्याह्नपछि व्यावसायिक काममा खर्च बढ्नेछ ।
मिथुन– अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । अवसरवादीहरूले झुक्याउन सक्छन् । अन्नलाभ पनि हुने देखिन्छ ।
कर्कट– हिम्मतले काम बनाउन सकिनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ ।
सिंह– प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने समय छ ।
कन्या– ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन् । स्वास्थ्य पनि कमजोर बन्न सक्छ ।
तुला– मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । दिन सामान्य नै छ ।
वृश्चिक– पहिलेका सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ ।
धनु– नयाँ काम प्रारम्भ गर्ने समय छ । व्यापारमा मनग्य धनलाभ हुनेछ । शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन् ।
मकर– भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ ।
कुम्भ– छोटो समयमा उपलब्धि हात पार्ने अवसर प्राप्त हुनेछ । विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ ।
मीन– अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

बिशेष काम गर्ने राम्रो समय बिहान 11:56 देखि 12:56 सम्म छ, यो समय चन्द्र होराको हो / अन्तिमको केहि समय अभिजित मुहूर्तको पनि पर्छ । ज्योतिष शास्त्रमा यी चन्द्र होरा र अभिजित मुहूर्त शुभ कामका लागि धेरै नै राम्रो मानिन्छन /

राहु काल दिउँसो 1:21 देखि दिउँसो 02:38 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ /

मुंग, तिल वा यीबाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, गर्भवती महिलाको सन्तान तन्दुरुस्त जन्मन्छ, यात्रामा गए यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन सोचेको राम्रो काम अवस्य बन्नेछ /

कुनै बिशेष यात्रामा निस्कदा केहि पश्चिम वा उत्तर दिशाबाट यात्रा सुरु गर्नु भए राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।

सहित जुरेका कामहरु बिद्या, नया लुगा लाउन, धार्मिक कार्य, यात्रारम्भ, औषधी निर्वाण, गहना लाउने, लामो समय सम्म रहिरहने स्थिर कर्म जस्तो, घर बनाउने, बिउ छर्ने फुल बोटबिरुवा रोप्ने काम, पितृ कार्य गर्न आजलाई राम्रो छ /

२०७५ पुष १२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्