News Portal

आजको राशिफल

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४२६ पटक
काठमाडौं

पौष १४, काठमाडाैं – पञ्चाङ्ग
वि.सं. २०७५ साल पुस १४ गते। शनिबार। इश्वी सन् २०१८ डिसेम्बर २९ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३९ थिंलागा। पौष कृष्णपक्ष। तिथि– सप्तमी, ८:५१ बजेउप्रान्त अष्टमी। नक्षत्र– उत्तरफाल्गुनी, १४:०८ बजेउप्रान्त हस्त। योग– सौभाग्य, १४:२७ बजेउप्रान्त शोभन। करण– वव, ८:५१ बजेदेखि वालव, १९:५५ बजेउप्रान्त कौलव। आनन्दादिमा उत्पात योग। चन्द्रराशि– कन्या। काठमाडौंमा सूर्योदय– ६:५५ बजे, सूर्यास्त– १७:१६ बजे र दिनमान २५ घडी ५२ पला। अष्टमी व्रत। गोरखकाली पूजा। त्रिपुष्कर योग ८:५१ बजेसम्म।

हाम्रा सेवा सुविधाका बारेमा बुझ्न 9841405073 मा सम्पर्क गर्नु हाेला ।
ज्याेतिष विज्ञान अनुसन्धान केन्द्र, काठमाडाैं

मेष– पहिलेका समस्या दोहोरिन सक्छन् । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । मुख्य काममा बाधा हुँदा मन खिन्न हुनेछ ।
वृष– टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले आफ्ना कामको तारिफ गर्नेछन् । साथै अन्नको पनि लाभ होला ।
मिथुन– आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। भाग्यले नचिताएको फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् ।
कर्कट– पढाइलेखाइमा पनि समय दिन नसकिएला । हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । टाढाको यात्राको पनि संम्भावना छ ।
सिंह– समुदायको भलाइ हुने काम सम्पादन गर्न सकिनेछ । विभिन्न अवसर जुटे पनि अरूलाई आश्वासन दिने बानीले दुःख पाइनेछ ।
कन्या– सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । सवारीमा सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ ।
तुला– कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरू जुटिदिनाले आँटेका कामहरू पनि सजिलै बन्नेछन् ।
वृश्चिक– प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका छ। व्यवसायमा लाभ लिने समय छ ।
धनु– अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन् । विशेष योजना गोप्य राख्नुहोला। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।
मकर– आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला ।
कुम्भ– दाम्पत्य जीवन रमाइलो रहनेछ। आम्दानी प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन् । समग्रमा दिन रमाइलो नै छ ।
मीन– आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले धेरैको मन लोभ्याउने उपलब्धि आर्जन हुनेछ । जीवनशैलीमा परिवर्तन आउन सक्छ ।

14 गते बिशेष काम गर्ने राम्रो समय दिउसो 12:57 देखि 1:57 सम्म छ, यो समय गुरु होराको हो । अनि केहि समय शुभ बेला पनि पर्छ । ज्योतिष शास्त्रमा यी होरा बेला शुभ कामका लागि धेरै नै राम्रो मानिन्छन /

14 गते राहु काल बिहान 09:31 देखि बिहान 10:48 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ /

14 गते तिलभात मास चौलानी पानि वा यीबाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, गर्भवती महिलाको सन्तान तन्दुरुस्त जन्मन्छ, यात्रामा गए यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन सोचेको राम्रो काम अवस्य बन्नेछ /

14 गते कुनै बिशेष यात्रामा निस्कदा केहि उत्तर दिशाबाट यात्रा सुरु गर्नु भए राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।

14 गते साहित जुरेका कामहरु बादबिवाद, विलाशिताका काम, नया लुगा अनि गहना लाउन, वाणिज्य व्यापार, पशू–कपडा किनबेच, कृषि कार्य, खेल, कपडा, साथीको काम, गहना बनाउने, चित्र विचित्र आनन्ददायी कर्म, देव कर्म, घरको काम, जग्गा जमिनको लेनदेन, गीत संगित, जस्ता काम आज फाब्छन /

२०७५ पुष १४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्