मलेसियामा रासायनिक ट्याङ्की सफा गर्ने क्रममा दुई नेपालीको मृत्यु


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शुक्रबार, पौस १३ २०७५
9.7K
SHARES

पौष १३, मलेसिया – मलेसियाको बातु पहाडमा रहेको  सिन कावाङ प्लाष्टिक कम्पनीमा कार्यरत दुई नेपाली कामदारको ज्यान गएको छ ।

रौतहटका सन्तोष यादव र ठेगाना नखुलेका चुरा दर्लामी मगरको ज्यान गएको हो । बिहीबार बिहान रासायनिक ट्याङ्की सफा गर्ने क्रममा रसायनको गन्धले बेहोस भएका यादव ट्याङ्कीभित्र खसेका थिए ।

यादवलाई उद्धार गर्ने क्रममा मगर पनि बेहोस हुनुभएको थियो ।  रसायनको अत्याधिक असरका कारण श्वासप्रवास बन्द भएर उनीहरुको ज्यान गएको त्यही कम्पनीमा कार्यरत हिरालाल तामाङले जानकारी दिए  ।

मगर र यादवले काम गर्ने सिन क्वाङ कम्पनीमगर र यादवले काम गर्ने सिन क्वाङ कम्पनी

अहिले कामदारको सुरक्षा हुनुपर्ने, मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै कामदारले कम्पनीमा हडताल गरेका छन् ।