News Portal

संसद भवनबाट प्रतिनिधिसभाकाे बैठक [LIVE]

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२०१ पटक
काठमाडौं

काठमाडाैं- संघीय संसदअन्तर्गत प्रतिनिधिसभाकाे बैठक सुरु भएकाे छ।
संसद भवन, नयाँ बानेश्वरमा सुरु भएकाे आजकाे बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले ‘मुलुकी स‌ंहिता सम्बन्धी केही नेपाल ए‌ेनलाई  संशाेधन गर्ने विधेयक, २०७५ माथि विचार गरियाेस्’ भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ।

त्यस्तै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले ‘संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावसमेत पेस गर्नेछन्।

आजै सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरुलाई मनोनयन गर्नेछन्।
यसअघि शून्य र विशेष समय लिएर सांसदहरुले आफ्ना भनाईहरु राखिरहेका छन्।

२०७५ पुष १३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्