मोटिभेटन्यूज संवाददाताकाठमाडौं

पौष १३, काठमाडौं – लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन भएको छ । ६६ वर्षको उमेरमा उनको निधन भएको हो ।
भक्तपुरको चागुनारायण नगपालिकामा बस्दै आएका लामिछाने लामो समयदेखि अस्वस्थ थिए । पछिल्लो समय निमोनिया भएपछि उपचार चलिरहेको थियो तर, शुक्रबार दिउँसो उनको निधन भएको भतिजा नवराज लामिछानेले जानकारी दिए ।
लामिछानेको घास काट्ने खुर्केर आयो जोवान हुर्केर, पिँढीमा बसेर मेरै बाटो हेरेरलगायतका गीत चर्चित छन् । गायक लामिछाने प्यारालाइसिस, मृगौलालगायतका रोगबाट पीडित थिए । लामिछानेका २ छोरा रहेका छन् ।
लामिछानेको शव श्रद्धाञ्जलीका लागि ४ घण्टा घरमा राखेर आजै अन्तयेष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।
२०७५ पुष १३ गते प्रकाशित
