News Portal

सरकारद्वारा कालिकोटको पलाताका अग्नि पीडितहरुका लागि एकीकृत नमुना बस्ती निर्माण गर्ने

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१८७ पटक
काठमाडौं

पौष १५ , सुर्खेत- कर्णाली प्रदेश सरकारले कालिकोटको पलाताका अग्नी पीडितहरुका लागि एकीकृत बस्ती निर्माण गर्ने भएको छ । प्रदेश सरकारले अग्नी पीडित परिवार पुनस्थापना कार्यक्रम अन्तर्गत बस्ती जलेकै ठाउँमा नमूना बस्ती ठड्याउने निर्णय गरेको हो । नमूना बस्ती निर्माणका लागि प्रदेश सरकारले चार करोड ३५ लाख रुपैयाँ छुट्याएको छ ।

‘अग्नी पीडितहरुको आवास निर्माणका लागि प्रतिपरिवार पाँच लाखका दरले चार करोड ३५ लाख रुपैयाँ छुट्याएका छौं’ सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले भनिन्, ‘आगोले खरानी भएको बस्तीमै नमूना बस्ती निर्माण गछौं ।’ प्रदेश सरकारले बस्तीको नक्सा र प्राविधिक सहयोगको काम अगाडी बढाइसकेको छ । पुस आठ गते भएको आगलागीमा पलाता गाउँपालिका–१ को न्यौपानेखाडाका ८७ घर जलेका थिए ।

प्रदेश सरकारले एकीकृत आवास निर्माण र पीडितहरुको लागि तत्कालिन सहयोगलाई एकद्धार प्रर्णालीमार्फत अगाडी बढाउने निर्णय गरेको छ । अग्नी पीडितका आवास निर्माणका लागि पाँच करोड रुपियाँ लाग्ने अनुमान प्रदेश सरकारको छ । सरकारले अग्नीपीडितका आवास निर्माणका लागि सहयोग गर्न सार्वजनिक अपिल गरेको छ ।

‘प्रदेश सरकारका तर्फबाट चार करोड ३५ लाख रुपैयाँ छुट्याएका छौं, धेरै ठाउँबाट सहयोगको आश्वासन पाएका छौं’ प्रवक्ता केसीले भनिन्, ‘सरकारी तथा गैरसरकारी संघ–संस्था र व्यक्तिहरुबाट संकलन हुने सहयोगलाई पनि एकद्धार प्रर्णालीमार्फत बस्ती निर्माणमा प्रयोग गर्छौं ।’ प्रदेश सरकारले यसअघि प्रतिपरिवार २० हजार नगद र अन्य राहत सामाग्री सहयोग गरेको थियो ।
नागरिकबाट

२०७५ पुष १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्