News Portal

छैठौं नेपाली टोपी दिवस भब्यताका साथ सम्पन्न

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१७२ पटक
काठमाडौं

पौष १७, काठमाडौं – ‘नेपाली टोपीः हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका साथ छैठौं नेपाली टोपी दिवस भब्यताका साथ सम्पन्न भएको छ ।

कार्यक्रम अन्तर्गत आज बिहान राजधानी काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरियो ।  प्रभातफेरी कार्यक्रममा बालबालिका, युवायुवतीदेखि बृद्धहरुको समेत बाक्लो उपस्थिती थियो । कार्यक्रममा कलकार, पत्रकार, साहित्यकार, विद्यार्थीदेखि राजनीतिज्ञहरुको पनि उपस्थित थियो । प्रभातफेरीमा सहभागिहरुले दौरा सुरुवाल, गुन्यूचोली र टोपी लगाएका थिए । प्रभातफेरीमा पञ्चेबाजाका साथमा राष्टिय गीत गाइएको थियो ।

टोपी दिवसका अवसरमा अहिले सम्मकै ठूलो नेपाली टोपी प्रदर्शन गरिएको थियो । समापन कार्यक्रममा बोल्दै जागरुक युवा अभियान नेपालका संयोजक घनश्याम श्रेष्ठले नेपाली टोपीलाई नेपाली पहिचानका रुपमा घोषणा गर्न माग गर्न‘भयो । कार्यक्रममा उपस्थिती हुनुभएका पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलले नेपाली टोपी जगेर्ना सबैको दायित्व भएको बताउनुभयो ।

सदियौदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यू चोलोलाई तत्कालिन सरकारले राष्ट्रिय      पोशाकको सूचिबाट हटाएपछि हामीले नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी) लाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउदै आइएको छ  ।

२०७५ पुष १७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्