News Portal

प्रधानन्यायाधीश जबराले आज पद तथा गोपनियताको सपथ लिंदै

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१२० पटक
काठमाडौं

पौष १८ काठमाडौं– संसदीय सुनुवाइबाट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज पद तथा गोपनियताको सपथ लिने भएका छन्।

जबराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार बिहान सवा १० बजे सपथ लिने समय तोकिएको छ। सपथ ग्रहणपश्चात् ११ बजे सर्वोच्च अदालत पुगी जबराले आफ्नो कार्यभार सम्हाल्ने छन्।

मंगलबार संसदीय सुनुवाइ विशेष समितिको बैठकले प्रधानन्यायाधीशको रुपमा जबराको नाम अनुमोदन गरेको थियो।

समितिबाट नाम अनुमोदन भएसँगै ६७ वर्ष पुरानो इतिहास बोकेको सर्वोच्च अदालतको २८औं नेतृत्वको जिम्मेवारी जबराको काँधमा आइपुगेको हो। जबरा अब करीब ४ वर्षसम्म सर्वोच्चको नेतृत्वमा रहनेछन्।

२०७५ पुष १८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्