News Portal

रेशम चौधरीको सपथ स्वभाविकै भएको सरकारको टिप्पणी

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१७३ पटक
काठमाडौं

काठमाडौं– सरकारले पुर्पक्षका लागि थुनामा रहेका सांसद रेशम चौधरीको पद तथा गोपनियताको सपथ स्वभाविकै भएको टिप्पणी गरेको छ।

सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कानुनी प्रक्रिया अनुसार चुनाव लडेका, जनताले जिताएका सांसद चौधरीको पद तथा गोपनियताको सपथ स्वभाविकै भएको प्रतिक्रिया दिएका हुन्।

बिहीबार सञ्चारकर्मी सँग कुरा गर्दै बाँस्कोटाले अदालतको फैसला अनुसारको कानुनी कारबाही भने सांसद चौधरीले भोग्न पर्ने स्पष्ट पारे।

राज्यले अदालतले गरेको निर्णय मान्नैपर्ने मन्त्री बाँस्कोटाको भनाइ छ।

मन्त्री बाँस्कोटाले वाइडबडी विमान खरिद प्रक्रिया सम्बन्धमा संसदीय उपसमितिले तयार पारेको प्रतिवेदनको आधारमा कसैलाई पनि कारबाही नगर्ने स्पष्ट पारे।

उनले वाइडबडी विमान खरिद सम्बन्धमा सार्वजनिक लेखा समितिको उपसमितिले तयार पारेको प्रतिवेदन बाहिर सार्वजनिक भएकोमा पनि असन्तुष्टि व्यक्त गरे।

उपसमितिको प्रतिवेदन समितिमा पेस भएको र समितिको निर्देशन आएपछि सरकारले आवश्यक निर्णय लिने मन्त्री बाँस्कोटाले जानकारी दिए।

उनले उपसमितिले लगाएको आरोप पुष्टि गर्न सरकार आफंैले पनि छानबिन समिति गठन गर्ने स्पष्ट पारे।

बुधबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा पर्यटन मन्त्री रविन्द्र अधिकारीलाई समेत कारबाही गर्नुपर्ने निष्कर्षसहित उपसमितिले आफ्नो प्रतिवेदन समितिमा बुझाएको थियो।

मन्त्री बाँस्कोटाले आरोप पुष्टि भए वाडडबडी विमान खरिद प्रकरणको दोषीमाथि कडा कारबाही गर्न सरकार तयार रहेको बताए।

२०७५ पुष १९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्