News Portal

नेपाल प्रहरीलाई सूचना प्रविधिको अभावमा काम गर्न गाह्रो भयो : महानिरीक्षक खनाल

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१८३ पटक
काठमाडौं

पौष २०, काठमाडौँ — रौतहट – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विश्व सूचना प्रविधिलाई अंगाल्दै अघि बढिरहेको भए पनि नेपाल प्रहरीलाई सूचना प्रविधिको अभावमा काम गर्न गाह्रो भएको बताएका छन्  ।

रौतहट सदरमुकाम गौरमा ‘वायरलेस’ प्रविधिको सीसीटीभी क्यामेराको उद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै महानिरीक्षक खनालले सीसीटीभीको अभावमा प्रहरीले अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्न निकै गाह्रो भइरहेको बताएका हुन्  ।

अपराधीहरुले सूचना प्रविधिकाे सहजै रुपमा प्रयोग गरेर टाढैबाट विभिन्न किसिमको अपराधहरु घटाउने गरेको कारण नेपाल प्रहरीलाई अनुसन्धान गर्न गाह्रो भएको उनले बताए ।

उनले सूचना प्रविधिको विकाससँग नेपाल प्रहरी जोडिए जस्तोसुकै चुनौतीलाई सहज रुपमा अनुसन्धान गरी अपराधीलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सक्षम रहेको बताए  ।

प्रहरीलाई सहज रुपमा प्रविधिमा घुलमिल गराउन वर्तमान सरकारको साथै प्रदेश सरकार र स्थानीय सरकारको त्यतिकै जिम्मेवारी रहेकाे उनकाे भनाइ थियो ।

२०७५ पुष २० गते प्रकाशित

प्रतिकृया दिनुहोस्