News Portal

नियमविपरीत एनजिओलाई आठ करोड बजेट बाँड्न चलखेल

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२१९ पटक
काठमाडौं

पौष २२ काठमाडौँ – परिवार नियोजन स्थायी बन्ध्याकरण कार्यक्रमको झन्डै आठ करोड बजेट एनजिओलाई बाँड्न चलखेल भएको पाइएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाले नियमविपरीत गैरसरकारी संस्थालाई बन्ध्याकरणका नाममा रकम बाँड्ने तयारी गरेको विवरण फेला परेको छ।

घुम्ती सेवाको स्थायी बन्ध्याकरणसहित शिविर सञ्चालनसम्बन्धी विज्ञता भएका संस्थाबाट र दरभाउ रेटपत्र लिई एनजिओलाई बजेट निकासा गर्नेगरी परिवार कल्याण महाशाखाले फाइल अघि बढाएको प्राप्त विवरणबाट प्रस्ट हुन्छ।

स्वास्थ्य सेवा विभागका महानिर्देशकस्तरीय छलफलबाट यस सेवामा विज्ञता भएका संस्थाबाट आशयपत्र अघि बढाउने सुझाव आएको भन्दै मंसिर १४ गते विभागमातहतको परिवार कल्याण महाशाखा प्रमुख डा. आरपी बिच्छाले अघि बढाएको फाइलमा केही एनजिओको निवेदनसमेत समावेश गरिएको पाइएको हो।

२०७५ पुष २२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्