News Portal

बकर इदको अवसरमा आज सार्वजनिक बिदा

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
५६२ पटक
काठमाडौं

भदौ ६, काठमाडौं – प्रदेश नम्बर १ र ५ मा आज सार्वजनिक बिदा दिइएको छ । बकर इदका अवसरमा दुवै प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।
प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको मन्त्री परिषदको बैठकले बकर इदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो ।

मुस्लिमहरुको पर्व बकर इदको अवसरमा सार्वजनिक बिदाको माग आएपछि प्रदेश सरकारले निर्णय नै गरेर सार्वजनिक बिदा दिएको हो ।

यस्तै प्रदेश नम्बर ५ को आन्तरिक मामिला मन्त्रालयले सार्वजनिक सूचना निकालेर मुस्लिम धर्मालम्वीहरुको महत्वपूर्ण पर्व बकर इदको उपलक्ष्यमा प्रदेश नम्बर ५ का सबै १२ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको छ ।

यसअघि गणतन्त्र दिवस जेठ १५ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको भए पनि महत्वपूर्ण सरकारी कार्यालयहरु भने सञ्चालन आएपछि प्रदेश सरकारका मन्त्रीहरुले सार्वजनिक रुपमै केन्द्र सरकारको आलोचना गरेका थिए ।

२०७५ भदौ ६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्