News Portal

क्रान्तिकारी पत्रकार संगठन नेपालद्धारा जाजरकोटमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१८२ पटक
काठमाडौं

जाजरकोट – क्रान्तिकारी पत्रकार संगठन, नेपालले बुधवार सदरमुकाम खलंगामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । मिडिया तथा पत्रकारहरुको विद्यमान अबस्था पहिचान गरि साँझा निस्कर्षमा पुग्नका लागि क्रान्तिकारी पत्रकार संगठन, नेपालले जाजरकोटमा पत्रकार र कानुन व्यवसायीसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

उक्त अन्तरक्रिया कार्यक्रममा क्रान्तिकारी पत्रकार संगठन नेपाललका अध्यक्ष डिल्लीराज रावतले “नेपाली मिडिया, केन्द्र भर्सेज मोफसल र मिडिया कानुनमाथि बहस” शिर्षकको अबधारणा पत्र प्रस्तुत गरेका थिए । उक्त अबधारणा पत्रमा आफ्नो धारणा राख्दै अधिवक्ता नीमबहादुर शाहीले गत भदौ १ गते जारी देवानी (संहिता) ऐन, २०७४, मुलुकी अपराध (संहिता) ऐन, २०७४ ले गोपनीयताको कसुरलाई पनि फौजदारी कसुर मान्ने र सरकारवादी मुद्दा हुने प्रावधानले पत्रकारहरुलाई अफ्टेरो अबस्थामा पुर्याएको बताए ।

संहिताले कुन्ठित गरेका पत्रकारहरुको पेशागत अधिकारका पक्षमा कानुन ब्यबसायी सबैले साथ दिनुपर्ने अधिवक्ता शाहीले बताए । सरकारले राम्रोसंग नबुझेरै संविधानमा खाद्य सम्प्रभुताको हकको व्यवस्था गरेको अधिवक्त भक्तबहादुर मल्लले बताए । नजानिदो तरिकाले संविधानमा मौलिक हकको ब्यबस्था गर्दा गोपनियताको हकले नागरिकलाई कम्जोर बनाएको अधिबक्ता मल्लले बताए ।

हामी आफै केन्द्रमुखी भएको बताउदै पत्रकार जनक केसीले हामी आफैले संचालन गरेका स्थानिय मिडियामा लगानी प्रवद्र्धन गर्नुपर्ने बताए । २०१५ सालको आम निर्वाचन पछि दुई तिहाई बहुमतको सरकारको नेतृत्व गरेका विपी कोईरालाले मिडियामा लगानी गरेर सरकारका विरुद्ध लेख्न लगाएको बताए । अनुभव बिहिनतावाट गरिएको संघियताको अभ्यासबाट कोही पनि नागरिक सन्तुष्ट हुन नसकेको बताउदै पत्रकार बीरबहादुर गिरीले हामीले गर्ने पत्रकारिताका कारण सरकारले मिडिया र पत्रकारलाई अङकुश लगाउन खोजेको बताए । हामीले बर्गिय पक्षधरताका आधारमा गर्ने पत्रकारिताका कारणले सरकार पकारप्रति निरकुश बन्दै गएको छ वा हामी पत्रकारले स्वतन्त्रताका नाममा उदण्डताको माग गरिरहेका छौं भन्ने कुराको बहस हुन आबश्यक रहेको गिरीले बताए ।

त्यसैगरि हामी पत्रकारले नागरिकको पक्ष लिने कि ? सरकारको पक्ष लिने भन्ने कुरा अझै पनि अन्यौल भएको वताउदै नेपाल पकार महासंघ, जाजरकोटका अध्यक्ष भीमबहादुर सिंहले पत्रकार संधै जनताको पक्षमा र सरकारका विपक्षमा हुनुपर्ने बताए । स्थानीय सरकारले मिडिया विकासको लागि कुनैपनि वास्था नगरेको वताउदै श्रमजीवि पत्रकारको मुद्धालाई लिएर क्रान्तिकारी पत्रकार संगठनले देश व्यापीरुपमा संचालन गरेको राष्ट्रिय अभियान सफलताको शुभकामना व्यक्त गरे ।

संगठनले देश ब्यापी रुपमा संचालन गरेको अभियानका क्रममा जाजरकोटका कानुन व्यवसायि र पत्रकारहरुले संगठनलाई दिएका महत्वपूर्ण सुझावलाई संगठनले संस्थागत गरेर अगाडी बड्ने अध्यक्ष डिल्लीराज रावतले जानकारी दिए ।

२०७५ माघ २ गते प्रकाशित

प्रतिकृया दिनुहोस्