News Portal

अधिकारीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड अस्पतालमा

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
११५ पटक
काठमाडौं

माघ ५, काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतमोहन अधिकारीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन्।

चिसोका कारण छातीमा सङ्क्रमण देखिएपछि ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा गत पुस २३ गतेदेखि उपचाररत छन्।
प्रचण्डले उपचारमा संलग्न चिकित्सकसँग पनि आवश्यक परामर्श गरेको उनका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए।

८३ वर्षीय अधिकारीलाई एक वर्षदेखि स्वास्थ्यमा समस्या देखिएको हो। उनलाई डा राजेन्द्र रिजालको समूहले उपचार गरिरहेको छ।

२०७५ माघ ५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्