News Portal

डा. केसीका समर्थकले गरे चर्को नाराबाजी

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१४८ पटक
काठमाडौं

 

माघ ५, काठमाडौं– ‘सोलिडारिटी फर डा. केसी अलायन्स’ को अगुवाईमा शनिबार राजधानीको माइतीघरमा जुलुस प्रदर्शन गरिएको छ ।

प्रदर्शनकारीहरुले केपी ओली नेतृत्वको सरकार डा. केसीको माग पूरा गर्न गम्भीर नभएको भन्दै सरकारविरुद्ध चर्को नाराबाजीसमेत गरेका छन् ।

चिकित्सा शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै डा. केसीले ११ दिनअघि इलाम पुगेर १६ औं अनसन सुरु गरेका थिए ।

उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि शुक्रबार बिहान हेलिकम्टरमार्फत काठमाडौं ल्याइएका केसीको त्रिवि शिक्षण अस्पतालको आइसीयूमा उपचार भइरहेको छ ।

२०७५ माघ ५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्