News Portal

सांसद आलेको अथक प्रयासपछि २ अर्ब लागत रहेको सहजपुर बडीकेदार सडक कालोपत्रे हुँदै

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१३५ पटक
काठमाडौं

माघ ५, काठमाडौं । डोटीबाट निर्वाचित सांसद प्रेमबहादुर आलेको सक्रियतामा रु २ अर्ब लागत रहेको कैलालीको सहजपुरदेखि डोटीको वीपीनगर वागछेडा हुँदै बडीकेदारसम्मको ५० किलोमिटर सडक डबल लेनसिहत तथा कालोपत्रे हुने भएको छ ।

सुदूरपश्चिम क्षेत्रमै ठुलो आयोजनाको रुपमा रहेको यस सडक दुई अरब पाँच करोड रकम बराबरको ठेक्का सम्झौता भएको हो ।
सडक सुधार तथा विकास आयोजना निर्देशनालयका निर्देशक सुशीलबाबु ढकालले दिएको जानकारी अनुसार आगामी ३ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी टिआरएल कुमार जेभीसँग गत वर्षको डिसेम्बरमा ठेक्का सम्झौता भएको हो ।

यस सडकको कुल लम्बाई ५० किलोमिटर रहेको छ भने सडक ९ मिटर चौडामध्ये ७ मिटर बराबरको कालोपत्रे हुनेछ । डोटी जिल्लाको विकासमा धेरै महत्वपूर्ण योगदान गर्न सक्ने यस सडक निर्माणका लागि सांसद आलेले धेरै सक्रियता देखाएका थिए । उनी अघिल्लो कार्यकालमा सांसद रहेकै बेलामा २०७०÷७१÷ ७२÷७३ यस सडकको सर्वे सम्पन्न भएको थियो भने त्यसबेला सांसद आले आफै खटेर छिटोछरितो तरिकाले निर्माण पूरा गराएका थिए ।

नेपाली कांग्रेसका गढ भनेर परिचित डोटीबाट लगातार २ कार्यकाल निर्वाचित भएका आललाई प्रदेश नम्बर ७ मा विकासवादी नेताका रुपमा चिनिन्छ । समग्र जिल्लाको विकासका लागि सबैभन्दा पहिले सबै ठाउँमा सडकको पहुँच आवश्यक रहेको उनको भनाइ छ ।

जनसरोकारका विषयहरुमा सदनमा खरो रुपमा प्रस्तुत हुने गरेका सांसद आलेले यस सडकको लागि गरेको अथक प्रयास सबै डोटीवासीलाई जानकारी भएपनि पछिल्लो समय राजनीतिक फाइदा लिन भने धेरै नेताहरुको तछाडमछाड देखिएको छ ।

२०७५ माघ ५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्