News Portal

पिएसजीको कीर्तिमानी जित, एमबाप्पे र काभानीको ह्याट्रिक, नेइमारले गरे २ गोल

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२२९ पटक
काठमाडौं

माघ ६ पेरिस– फ्रेन्च लिगमा वानको डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले कीर्तिमानी जित हात पारेको छ।

पिएसजीले लिग वानमा ठूलो अन्तरको जित निकाल्ने क्रममा शनिबार राति लिगको खेलमा गुइनगाम्पलाई ९–० गोलले पराजित गरेको हो। अघिल्लो सिजनको लिगमा पिएसजले डिजोनमाथि ८–० को जित निकालेर रेकर्ड बनाएको थियो। यद्यपी उसले त्यो रेकर्ड १ वर्षमै भंग गर्न सफल भयो।

सबै प्रतियोगिताको आधारमा भने सबैभन्दा ठूलो अन्तरको जित पिएसजीले फ्रेन्च कपमा निकालेको थियो। सन् १९९४ मा पिएसजीले कोट चाउडीलाई १०–० गोलले हराएको थियो।

योसँगै पिएसजीले १० दिनअघि फ्रेन्सको क्वार्टरफाइनलमा भोगेको पराजयको मिठो बदला सफल भयो। १० दिनअघि गुइनगाम्पले पिएसजीलाई २–१ ले हराएर अन्तिम चारमा स्थान पक्का गरेको थियो।

शनिबार भएको कीर्तिमानी जितमा पिएसजीका २ खेलाडीले ह्याट्रिक गरेका थिए। केलियन एमबाप्पेले खेलको ३७, ४५ र ८० मिनेटमा गोल गरेर ह्याट्रियक पूरा गरेका थिए। त्यसअघि इडिन्सन काभानीले ५९,६६ र ७५ मिनेटमा गोल गर्दा १६ मिनेटमा ह्याट्रिक गरे।

यस्तै नेइमारले खेलको ११ र ६८ मिनेटमा गरी २ गोल गरे। ८३ मिनेटमा मेउनियरले पिएसजीका लागि दशौं गोल गरे।

लिगको शीर्ष स्थानको पिएसजीले १९ खेलबाट ५३ अंक जोडेको छ। दोस्रो स्थानक लिलेको २१ खेलबाट ४० अंक छ।

२०७५ माघ ६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्