News Portal

शक्तिशाली भूकम्पको धक्का

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
६३६ पटक
काठमाडौं

भदौ ६, काठमाडौं –  भेनेजुएलाको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ ।

भूकम्पको धक्का क्यारेवियनमा पनि परेको छ । क्यारेबियन सी मा सुनामी आउनसक्ने भन्दै सतर्क रहन अधिकारीहरुले अनुरोध गरेका छन् । अमेरिकन भौगोलिक सर्वेक्षेण अनुसार ७.३ रेक्टर स्केलको भूकम्प गएको छ । कोलम्बियन भौगोलिक सर्वेक्षणले भने त्यो भूकम्प ७ रेक्टर स्केलको भएको जनाएको छ ।

भेनेजुयलाको राजधानी कराकसभन्दा निकै टाढा गुइरिया भन्ने शहर नजिकै केन्द्रबिन्दु बनाएर भूकम्प गएको अधिकारीहरुले जनाएका छन् । भूकम्पको इपी सेन्टर यागउरापारोको उत्तर–दक्षिण क्षेत्रभन्दा १२ माइल टाढा भएको जनाइएको छ ।

भूकम्पले धेरै संरचना र क्षेत्रमा क्षति पुर्याएको आंकलन गरिएको छ । भेनेजुएलामा अहिले आर्थिक संकट निम्तिएको छ । त्यहाँका राजनीतिक नेताहरुले आर्थिक क्षेत्रमा परिवर्तन ल्याउने योजना बनाउँदै गर्दा भूकम्पले त्यहाँ झनै समस्या उत्पन्न गराइदिएको छ ।

राजधानी कराकसमा पनि भूकम्पको धक्का महशुस गरिएपछि घरहरु खाली गरिएका जनाइएको छ । गृहमन्त्री नेस्टर रुइस रेवेरोलले सैलाई शान्त रहन आग्रह गर्नुभएको छ ।

२०७५ भदौ ६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्