News Portal

तारादेवी स्मृती फाउन्डेशनले माघ ९ गते ‘सम्झनामा तारादेवी’ कार्यक्रमको आयोजना गर्ने

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२४६ पटक
काठमाडौं

 

तारादेवी स्मृती फाउन्डेशनले माघ ९ गते ‘सम्झनामा तारादेवी’ कार्यक्रमको आयोजना गर्ने

माघ ७, काठमाडौं – तारादेवी स्मृती फाउन्डेशनले यहि माघ ९ गते राष्ट्रिय सभागृहमा “सम्झनामा तारा देवी” कार्यक्रमको आयोजना गर्ने भएको छ।

आज संवाद चौतारीमा पत्रकार सम्मेलन गरी स्वरकिन्नरी तारादेवी श्रेष्ठको १३ औँ  पुण्य स्मृति पारेर कार्यक्रम गर्न लागेको जानकारी दिएको छ।

कार्यक्रमको लागि  ५ सदस्यीय  नयाँ कार्यसमिती  सार्वजनिक गरेको छ । कार्यसमीतीमा संरक्षक रवि श्रेष्ठ, अध्यक्ष दिपक केसी, उपाध्यक्ष भुवन चन्द, महासचिव सोभन सैंजु र कोषाध्यक्षमा रमेश थापा रहेका छन् ।

पत्रकार सम्मेलनमा  काठ्माण्डु क्षेत्र नम्बर ७ का सांसद एवं संस्थाका सल्लाहकार रामवीर मानन्धरले श्रष्ठाहरुको सम्मान र कलाको कदर गर्दै संरक्षण र व्यवस्थापन  गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

यस्तै संस्थाका अध्यक्ष्य दिपक केसीले कलाकार देशका गहनाको रुपमा राखीए पनि कलाकारहरुले आफ्नो दैनिक गुजारा गर्न समेत कठिन भएकोे बताए ।  कार्यक्रममा देशका चर्चित गायक गायिकाहरु ज्ञानु राणा, मिरा राणा, संगीता शाक्य लगायतले तारादेवीका गीतहरु प्रस्तुत गर्ने बताइएको छ ।

 

 

२०७५ माघ ७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्