News Portal

सुदूरपश्चिम प्रदेशमा  हिमपात, राजमार्ग अवरुद्ध

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१३२ पटक
काठमाडौं

 

काठमाडौं । । गत राति परेको हिमपातले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको यातयात बन्द भएको छ ।

दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, डोटी, अछाम र बाजुराको मुख्य राजमार्ग मानिने भीमदत्त राजमार्गमा सोमबार रातिदेखि यातायात सेवा चलेको छैनन् । भीमदत्त राजमार्गअन्तर्गत मेलखर्क, हगुल्डे, साउँ खर्क, भात्काँडा, स्याउले बजारलगायत क्षेत्रमा करीब चार इन्च बाक्लो हिउँ जमेको छ ।

राजमार्गमा जमेको हिउँ हटाउन डोटीको बुडरबाट डोजर ल्याएर सडक खुलाइने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

२०७५ माघ ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्