News Portal

बाह्रबिसे नगरपालिकाले ऐन नियम मिचेर गरेको काम कांग्रेसलाई मान्य नहुने

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
७६२ पटक
काठमाडौं

 

बाह्रबिसे । बाह्रबिसे नगरपालिकाले प्रचलित ऐन नियमलाई मिचेर आफूखुसी गर्न लागेको भन्दै नेपाली कांग्रेसले बाह्रविसे बजारमा विरोधसहित कोणसभा गरेको छ ।

करिब २ सय कांग्रेसका कार्यकर्ता सहभागी विरोध ¥यालीले बाह्रबिसे बजार परिक्रमा गरी नगरपालिका चोकमा आयोजित कोणसभामा बोल्दै नेपाली कांग्रेसका युवा नेता युधिर पौडेलले नगरपालिकाले आफ्नो नगरपालिका अन्तर्गत कार्यरत रहेका कर्मचारीहरुलाई तलबमानमा एकरुपता कायम नगरी एकलौटी रुपमा नगरपालिका कार्यालयमा कार्यरत कर्मचारीहरुलाई मात्र २५ प्रतिशत थप भत्ता दिने निर्णय नेपाली कांगे्रसलाई मान्य नहुने बतताए । यस्तो विभेदले शिक्षक तथा अन्य पेशामा रहेका कर्मचारीहरुमाथि सोझै अन्याए भएको उल्लेख गरे । यो ऐनविपरित समेत भएको नेता पौडेललको आरोप छ । ‘यसबाट नगरपालिकाहरु पदाधिकारीहरु त्यहाँ कार्यरत कर्मचारीहरुलाई मात्रै खुसी गराएर आफूअनुकूल काम गराउने योजना रहेको हाम्रो बुझाइ छ,’ नेता पौडेलले भने ।

यस्तै नगरपालिकाले विनियोजन गरेका योजनाहरुमा उपभोक्ता समिति गठन गर्दासमेत आफुखुसी गरेको कांग्रेसको आरोप छ । नेपाली कांग्रेसले जितेका वडाहरुमा परेका बजेटबारे निर्णय गरे अधिकार वडा अध्यक्षलाई हुने भए पनि उनीहरुलाई संलग्न नगराइएको, नगरभित्रका विद्यालयहरुमा शिक्षकको पदपूर्ति गर्दा विज्ञापन नै नगरी ठाडो तोक आदेशमा गरिएकोप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउँदै पौडेलले बाह्रबिसे नगरपालिकाले यसरी एकलौटी निर्णय गर्दै जाने हो भने आफूहरुले कडा आन्दोलन गर्ने उद्घोष गरे ।

२०७५ माघ ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्