News Portal

सत्य निरुपण आयोग विघटन गर्न माग

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१२२ पटक
काठमाडौं

 

काठमाडौं । मेलमिलाप आयोग’ र ‘वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोग’ तत्काल विघटन गर्न सरकारसँग पुनः माग गरेको छ। द्वन्द्व पीडित साझा चौतारीले कामै गर्न नसकेको भन्दै ती दुवै आयोग तत्काल विघटन गर्न सरकारसँग पुनः माग गरेको हो।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चौतारीका अध्यक्ष भागीराम चौधरीले ती दुवै आयोग विघटन गरी पीडितको समेत सहभागिता हुनेगरी संक्रमणकालीन न्यायसम्बन्धी नयाँ आयोग गठन नगरेसम्म आफूहरुलाई मान्य नहुने चेतावनी पनि दिए। सरकारले ती दुवै आयोग विघटन गर्ने आफूहरुको सुझाव कार्यान्वयन नगरेकोमा चौतारीको आपत्ति छ।

चौतारीले संक्रमणकालीन न्याय निरुपणका लागि गठन गरिएको ती दुवै आयोगले काम गर्न नसकेपछि गत असारमै विघटन गर्न सरकारसँग माग गरेको थियो। चौतारीले गम्भीर मानव अधिकार उलंघनका घटनामा संलग्न पीडकलाई अनिवार्य कैदको कानुनी व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

२०७५ माघ ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्