News Portal

निर्णय नसच्चिएसम्म संसद् चल्न दिन्नौं : नेपाली कांगेस

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२०२ पटक
काठमाडौं

 

माघ ९, काठमाडौं । कांग्रेसले गिरिजाप्रसाद कोइरालाका नाममा तनहुँमा र सुशील कोइरालाका नाममा बाँकेमा खोलिएको अस्पताल सञ्चालन प्रक्रिया नरोक्न माग गर्दै आएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले विभिन्न निर्णय नसच्याएसम्म बैठक अवरुद्ध पार्ने भएको छ।

कांग्रेसले आफ्ना पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको नाममा तनहुँमा सञ्चालन गर्ने भनिएको गिरिजाप्रसाद कोइराला श्वास–प्रश्वास सञ्चालन केन्द्र र अर्का सभापति सुशील कोइरालाका नाममा बाँकेमा खोलिएको सुशील कोइराला क्यान्सर अस्पताल सञ्चालन प्रक्रिया नरोक्न माग गर्दै आएको छ।

कांग्रेसका सांसद्हरूले मंगलबार ३ बजेका लागि बोलाइएको बैठक चल्न दिएनन् भने सोमबार पनि २ पटकसम्म अवरोध गरेका थिए। बैठक शुरू हुनेबित्तिकै कांग्रेस सांसदहरूले विरोध गरेपछि सभामुख महराले सांस

द प्रकाशमान सिंहलाई बोल्न दिएका थिए। सिंहले सरकारले अस्पताल सञ्चालन प्रक्रिया जारी नगरेसम्म विरोध गरिने चेतावनी दिए ।
सभामुख महराले कांग्रेसका मागबारे सोमबार नै सरकारको ध्यानाकर्षण गराइसकिएको जानकारी दिँदै बैठक चल्न दिन आग्रह गरे पनि उनीहरूले झन् चर्को स्वरमा नाराबाजी गरेका थिए।

सोमबारको कार्यसूचीमा रहेका धेरै वटा विधेयक प्रस्तुत गर्ने तालिकालाई हटाएर मंगलबारको बैठकमा एउटामात्र विधेयक प्रस्तुत गर्ने र पारित गर्ने कार्यसूची रहेको थियो ।

सरकारले अरू ९ वटा अस्पताल बनाउने र सञ्चालन गर्ने निर्णय गरे पनि यी दुई अस्पताल नबनाउने निर्णय गरेको थियो। यो विषयलाई लिएर कांग्रेसले यसअघि नै आवाज उठाएको थियो।

दोस्रो बैठक पनि बसी मन्त्रीलाई विधेयक प्रस्तुत गर्न बोलाउँदा कांग्रेसले मन्त्रीलाई पनि छेके र रोस्ट्रम घेरिरहेपछि सूचना टाँसेर ११ गते १ बजेसम्मका लागि बैठक स्थगित भएको छ।

२०७५ माघ ९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्