News Portal

रोनाल्डोले २ अर्ब जरिवाना तिर्नु पर्ने, जेल जानबाट भने बचे

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२३९ पटक
काठमाडौं

माघ ९, एजेन्सी– सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले १८.८ मिलियन युरो (२ अर्ब ३१ करोड रुपैयाँ) जरिवाना तिर्नु सहमत भएका छन्।

कर छलि मुद्दामा रोनाल्डोलाई अदालतले दोषि ठहर गरेर यसअघि नै सजाय र जरिवाना सुनाएको थियो। रोनाल्डोले मंगलबार म्याड्रिड कोर्टमा गएर जरिवाना स्विकार गरेका हुन्। उनले मंगलबार अदालतमा गएर आफ्नो सजायको विषयमा पुनरावलोकन गर्न अपील गरेका थिए। तर अदालतले पुनरावलोकन गर्न अस्विकार गरेपछि रोनाल्डो जरिवाना तिर्न राजी भएका हुन्।

यस्तै २३ महिनाको जेल सजाय सुनाइएका उनले जेलमा बस्नु पर्ने छैन। स्पेनमा गम्भिर अपराधबाहेकका सजायमा थप जरिवाना तिरेमा जेल बस्नु पर्दैन। यद्पयी यी सजाय २ वर्ष भन्दा कम हुनु पर्ने प्रावधान छ।

यहि सिजन स्पेनिस क्लब रियल म्याड्रिड छाडेर इटालियन महारथी क्लब युभेन्ट्समा आबद्ध भएका रोनाल्डो सोमबार राति म्याड्रिड पुगेका थिए। आफ्नी प्रेमीका जर्जिना रोद्रिगेजसँग म्याड्रिड आइपुग्दा उनले मुस्कुराउदै मिडियालाई अभिवादन गरेका थिए। यद्यपी उनले कुनै प्रतिक्रिया भने दिएनन्।

पाँच पटकका बालोन डि’ओर विजेता रोनाल्डोले सन् २०१० देखि २०१४ भित्रमा कर छलि गरेको अदालतले ठहर गरेको थियो। म्याड्रिड रहदा ३३ वर्षीय रोनाल्डोले आफ्नो वास्तविक कमाइ लुकाएको अदालतको ठहर थियो। विश्वका तेस्रा धनी खेलाडी रोनाल्डोको वार्षिक आम्दानी १ सय ८ मिलियन युरो रहेको छ।

२०७५ माघ ९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्