
माघ ९, काठमाडौँ – पछिल्लो समय काठमाडौंमा स्वाइन फ्लुको प्रकोप महामारीसरी फैलिएको छ । उपत्यकामा डेढ सयभन्दा बढीलाई स्वाइन फ्लु संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा २०७५ मंसिरदेखि पुस २६ सम्म ३ सय ३४ जना बिरामीको परिक्षण गर्दा १ सय ६८ जनामा इन्फ्लुन्जा प्रमाणित भएको पाइएको छ ।
रोग लागिहाले के गर्ने ?
रोग लागिहाले डराइहाल्नु हुँदैन ।श्वासप्रश्वासमा अप्ठ्यारो हुने, मुखबाट रगत आउनेजस्ता लक्षण देखिएमा तुरुन्त अस्पताल जानुपर्ने हुन्छ । होइन भने एक हप्ताको आरामले नै स्वाइनफ्लु निको हुन्छ ।
तनाव नलिने , प्रशस्तै पानी पिउने ,पौष्टिक पदार्थयुक्त खाना खाने , निद्रा पूरा गर्ने ,शारीरिक रूपमा सक्रिय रहने , सार्वजनिक स्थानमा नथुक्ने लक्षण देखिए कतै सार्वजनिक स्थानमा नजाने, अंकमाल, चुम्बन नगर्ने , अभिवादन गर्दा हात नमिलाउने आदि गर्नुपर्दछ ।
प्रयोगशालामा यस रोगको पहिचान गर्न ‘इम्मुनोफ्लोरिसेन्स स्टेनिङ ,एन्टिजेन सब्टाइपिङ , RT-PCR आदि गर्ने गरिन्छ।
बच्ने उपाय
यस बाट बच्ने सर्वोत्तम उपाय भनेको संक्रमितहरुको सम्पर्कबाट बच्नु र सफा-सुग्गर रहनु नै हो ।
समय-समयमा हात धोइरहने , खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो नाक र मुखलाई टिस्यु पेपरले छोप्ने र उक्त पेपरलाई तुरुन्तै डस्टबिनमा फ्याँक्ने , आफ्नो नाक वा मुखतिर बारम्बार हातलाई नलाने , खोकी लागेको व्यक्तिबाट टाढै रहने र लक्षण देखिएको शंका लागे तुरुन्त चिकित्सकसँग परामर्श गर्ने गर्नुपर्दछ ।
सार्वजनिक स्थानहरुमा जाँदा रोग प्रतिरोधक स्तरिय ‘एन-९५’ मास्क प्रयोग गर्नु खोक्दा, हाच्छिउँ गर्दा रुमालले मुख छोप्नु र साबुन पानीले हातमुख धुनु नै प्रमुख केही बच्ने उपायहरु हुन ।
यदी नेपालमा यसको संक्रमण भेटिएमा नेपाल सरकारले काठमाडौमा यसको उपचारका लागि विशेष प्रबन्ध गरेको छ।
यस भाइरसको बिरुध्द ओसेल्टामिविर औषधि दिने गरिन्छ भने हाल सम्म २ ओटा मात्र भ्याक्सिन(ट्राइभ्यालेन्ट इनयाक्टिभेटेड र लाइव येटेनुयटेड) प्रयोगमा छन्।
२०७५ माघ ९ गते प्रकाशित
