News Portal

भैरहवा हवाई रुट दिन भारत तयार भयो : मन्त्री अधिकारी

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१६३ पटक
काठमाडौं

माघ ९, काठमाडौं – नेपालगञ्ज र महेन्द्रनगरको हवाई रुट प्राप्त गर्न समय लाग्ने भएकाले भैरहवा रुट दिन भारत तयार रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले बताएका छन्।

बुधबार झापाको विर्तामोड पत्रकारहरुसँग कुरा गर्दै मन्त्री अधिकारीले नेपालगञ्ज तथा महेन्द्रनगरको रुटका लागि भारतसँग कुरा भइरहेको बताए।

उनले भने, ‘ती रुटका लागि टुंगोमा पुग्न अझै केही पटक बैठक गर्नुपर्ने आवश्यक्ता छ।’ भैरहवा रुट भैरहवा विमानस्थलमा अवतरण तथा त्यहाँबाट उडान गर्ने सबै प्रकारका विमानका लागि भएको उनको भनाइ थियो। नेपालले विराटनगर, जनकपुर, नेपालगञ्ज तथा महेन्द्रनगर रुट भारतसंग मागेको थियो। तर भारत भैरहवा रुट दिन सहमत भएपछि त्यस्का लागि काम अगाडि बढाइएको उनले बताए।

मन्त्री अधिकारीले भैरहवा रुट भारतले नै प्रस्ताव गरेको बताए। तर नेपाल हितका लागि नेपालगञ्ज र महेन्द्रनगर पनि आवश्यक रुट भएको उनले बताए। उनले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणकै बेला चार रुटको कुरा भएको हो। तर पछि भैरहवा चाहिँ अहिले लिनुस् भनेपछि त्यो लिने प्रक्रिया अगाडि बढेको हो।’

२०७५ माघ ९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्