News Portal

सर्वोच्चको आदेश पालना नगरेको भन्दै सञ्चारमन्त्री बास्कोटाविरुद्ध अवहेलना मुद्दा दायर

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३२२ पटक
काठमाडौं

माघ १०, काठमाडौँ- नेपाल टेलिकम अन्तर्गतको वायरलाइन तथा ग्राहक सेवा निर्देशनालय छाउनीमा रहेका पुराना ब्याट्री नचलाउन सर्वोच्च अदालतबाट दिएको अन्तरिम आदेशको पालना नगरिएको भन्दै सूचना तथा स‌ंचार मन्त्री गोकुल बास्कोटा र नेपाल टेलिकमविरुद्ध बुधबार अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।

सर्वोच्चबाट अन्तरिम आदेश जारी भएकै अबस्थामा सामान उठाउन थालेपछि विवादको रुप लिएको हो । स्क्राप वाई एण्ड सेल्स फर्मले मन्त्री र टेलिकमलाई कारवाहीको मागसहित मुद्दा दर्ता गरेको हो ।

पुराना ब्याट्री उठाउनका लागि धेरै रकम कबोल गरे पनि निर्देशनालयले कानुनविपरित अर्को कम्पनीसँग सम्झौता गरेको दाबीसहित गत महीना सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको थियो । उक्त रिट विचाराधीन रहेकै अबस्थामा निर्देशनालयले कम रकम कबोल गर्ने अर्को देपुटा इन्टरनेशनल कम्पनीसँग सम्झौता गरेको दाबीसहित स्क्राप वाई फर्मले पुनः अर्को रिट निवेदन दायर गरेको थियो ।

दोस्रो रिटको सुनुवाईपछि देपुटा इन्टरनेशनललाई ब्याट्री उठाउने कार्यमा रोक लगाउने गरी सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको थियो । ब्याट्री उठाउने काम रोक्ने गरी जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने बिषयमा टुंगो लाग्नै बाँकी रहेको अबस्थामा निर्देशनालयले देपुटा फर्मलाई ब्याट्री उठाउन दिइएको दाबी स्क्राप फर्मको छ ।
अन्नपूर्णबाट

२०७५ माघ १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्