News Portal

संस्कृति जोगाउन अर्घाखाँची मौलिक संस्कृति संरक्षण समाज काठमाडौं गठन

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३६६ पटक
काठमाडौं

काठमाडौं । अर्घाखाँची जिल्लाबाट राजधानी काठमाडौंमा आई बिभिन्न पेशा व्यवसायमा संलग्न रहेका यूवाहरुले अर्घाखाँचीको मौलिक संस्कृति संरक्षण गर्ने उदेश्यले अर्घाखाँची मौलिक संस्कृति संरक्षण समाज काठमाडौं गठन गरेका छन् ।

कार्यसमितिमा खिमा घिमिरे अध्यक्ष, उपाध्यक्ष (कला) मोतिराज खनाल, उपाध्यक्ष (संस्कृति) दिपक पौडेल, उपाध्यक्ष प्र क्षेत्र १ शिवदेव पाण्डे, उपाध्यक्ष प्र क्षेत्र २ बाट नरहरि घिमिरे, महासचिवमा गिरीराज पन्थी, सचिव प्रचारमा मुकुन्द भुसाल, सचिव कार्यालयमा विशाल महत, सचिव कला संस्कृतिमा खुमराज घिमिरे, कोषाध्यक्षमा गोबिन्द श्रेष्ठ रहेका छन् ।

अन्य सदस्यहरुमा सुवास कोइराला, सुरेश भट्टराई  मुकुन्द गैरे, बिन्दु कोइराला, आकृति पोख्रेल रहेका छन् ।

सल्लाहकारहरुमा विशाल मिश्र, मनोज आचार्य ,चुणामणी खनाल, नारायण प्रसाद श्रेष्ठ, गंगा पन्थी,धर्म खनाल, नारायण आचार्य, कमल रायमाझी रहेका छन् ।

नवगठित अर्घाखाँची मौलिक संस्कृती संरक्षण समाज काठमाडौका अध्यक्ष खिमा घिमिरेले अर्घाखाँची जिल्लाको कला संस्कृतीको जर्गेना गर्दै जिल्लाको विकासमा यो संस्थाले काम गर्ने बताए । समाजका उपाध्यक्ष एबम यूवाकलाकार मोतीराज खनालले लोप हुन थालेको कला संस्कृती संरक्षण गर्ने उदेश्यले समाज गठन गरेको बताए ।

समाजले यही माघ १२ गते शनिबार वनभोजको कार्यक्तम समेत आयोजना गरेको छ ।

बनभोज कार्यक्रममा नेकपाका नेता टोपबहादुर रायमाझी , नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसाल लगायत जिल्लाका प्रतिष्ठित व्यक्तिहरुको सहभागीता रहने आयोजकले बताएको छ ।

२०७५ माघ १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्