News Portal

करका सम्बन्धमा गलत प्रचार गरेर कांग्रेसले सरकारलाई प्रहार गर्यो – महेश बस्नेत

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१५४४ पटक
काठमाडौं

भदौ ६, भक्तपुर–प्रतिनिधिसभा सदस्य महेश बस्नेतले करका सम्बन्धमा गलत प्रचार गरेर विपक्षी दल कांग्रेसले सरकारलाई प्रहार गर्न खोजेको बताएका छन् । भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले बाहिर चर्चा भएको जस्तोगरी कर नलगाइए पनि विपक्षीले कुनै विषय नपाएपछि करको विषय उठाएर गलत प्रचार गरेको बताए ।

सांसद् बस्नेतले विगतमा राज्यलाई तिर्नुपर्ने करको बेथितिलाई सरकारले व्यवस्थापन गर्न खोज्दा गलत प्रचार गरेको उल्लेख गर्दै सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नीतिअनुरुप आयातित वस्तुमा केही कर वृद्धि गरेको बताए ।

सरकारले जारी गरेको मुलुकी संहिताले इमान्दार र सक्षम चिकित्सक तथा पत्रकार डराउनु नपर्ने बताउँदै उनले बिरामीको दायाँ खुट्टामा समस्या हुँदा बायाँ खुट्टामा शल्यक्रिया गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न कानून आवश्यक भएको बताए ।

२०७५ भदौ ६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्