News Portal

प्रजिअ चढेको गाडी दुर्घटना : एसपी पोखरेलको घटनास्थलमै मृत्यु , प्रजिअ गम्भीर घाइते

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२७४ पटक
काठमाडौं

माघ १३ काठमाडौं– बाराका प्रमुख जिल्ला अधिकारी (सह–सचिव) गणेश भट्टराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेल चढेको बा. १ झ.  १६३३ नम्बरकाे गाडी दुर्घटना भएको छ ।

दुर्घटनामा परेर सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति समेत रहेका एसपी बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको  प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी हरि पालले जानकारी दिए । बाराका प्रजिअ भट्टराईको अवस्था भने चिन्ताजनक रहेको बताइएको छ ।

बाराको कलैयाबाट निजगढ जाने क्रममा हाईवेमा राेकिराखेकाे ट्याक्टरसँग ठोक्किएर प्रजिअ चढेको गाडी दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका प्रमुख जिल्ला अधिकारी भट्टराईलाई उपचारका लागि वीरगञ्ज लगिएको छ ।

२०७५ माघ १३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्