News Portal

कांग्रेसले आजदेखि नेविसंघ विघटन गर्दै

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३०८ पटक
काठमाडौं

माघ १३ काठमाडौं– दुई पटक कार्यकाल थपिएको नेपाल विद्यार्थी संघलाई ‘माउ पार्टी’ नेपाली कांग्रेसले आजदेखि भंग गर्ने भएको छ।

भदौ दुईमा कार्यकाल सकिएको वर्तमान कार्यसमितिलाई दुई पटक गरी पाँच महिना अवधि थपिएको थियो।

थपिएको अवधिमा १२औँ महाधिवेशन हुन नसकेपछि संघलाई विघटन गर्न पार्टी लागेको हो। आइतबार बस्ने केन्द्रीय समिति बैठकले संघलाई तदर्थ समिति गठनको बाटो खुला गर्ने एक केन्द्रीय सदस्यले बताए।

यसैबीच, वर्तमान सरकार प्रति रुष्ट बनेको कांग्रेसले आफ्ना भातृ संगठनलाई सडक आन्दोलनका लागि उतार्ने भएको छ। बैठकले पार्टीले गर्ने विरोधका कार्यक्रम पनि सार्वजनिक गर्ने बताइएको छ।

केन्द्रीय सदस्यहरु बुथबाट निर्वाचित भई महाधिवेशन प्रतिनिधि बन्ने र आरक्षणको व्यवस्था एक पटक मात्रै लागू हुनुपर्ने जिल्ला सभापतिहरुको प्रस्तावको विषयमा पनि छलफल हुनेछ।

महासमिति बैठक ती दुई विषय अनिर्णीत भई केन्द्रीय समितिलाई अधिकार प्रत्यायोजन गरिएको थियो।

२०७५ माघ १३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्