News Portal

पूर्वराजालाई फेसबुकमा गाली गर्ने सशस्त्रका एसपीलाई कारबाही

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३०९ पटक
काठमाडौं

माघ १३ काठमाडाैं – पूर्वराजा ज्ञानेन्द्र शाहले सक्रियता बढाएको भन्दै फेसबुकमा आलोचना गर्ने सशस्त्र प्रहरीका एसएसपी कारबाहीमा परेका छन्। संगठनको एकेडेमीमा कार्यरत एसएसपी गणेश ठाडामगरमाथि सशस्त्र प्रहरी बल मुख्यालयले कारबाही अघि बढाएको हो।  मगरसँग स्पष्टीकरण सोधिएको र जवाफ आएपछि कारबाहीको प्रकृति तय हुने मुख्यालयले जनाएको छ भन्ने खबर नयाँ पत्रिका दैनिकमा छ। कारबाही प्रक्रिया सुरु भएपछि मगरले फेसबुक पोस्ट हटाएका छन्।

‘सुरक्षाकर्मीले कुनै व्यक्ति तथा पार्टीको बारेमा आलोचना गर्न पाउँदैनन् । तटस्थ हुुनपर्छ,’ सशस्त्रका प्रवक्ता डिआइजी सुरजकुमार श्रेष्ठले भने, ‘सामाजिक सञ्जाल सञ्चालनबारे कार्यविधि नै बनाएर लागू गरेका छौँ।’  केही समयअघि पनि कार्यविधिविपरीत सामाजिक सञ्जाल चलाउनेलाई कारबाही गरिएको उनले बताए। स्रोतका अनुसार संगठनबारे नकारात्मक कुरा फेसबुकमा सेयर गर्ने केही अधिकृतमाथि पनि कारबाही प्रक्रिया सुरु भएको छ।

२०७५ माघ १३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्