News Portal

प्रहरीकाे कुटाइबाट आन्द्रामा ५२ टाँका

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१६३ पटक
काठमाडौं

माघ १३ काठमाडौं – प्रहरीको कुटाईबाट बाग्लुङ गलकोट– ६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेत गम्भीर घाइते भएका छन्। उनको आन्द्रामा ५२ टाँका लगाउनु परेको छ भने पिसाव थैलीसमेत फुटेको छ। उनको प्यांक्रियाज (फियो) बिग्रिएको छ।

गलकोटका प्रहरी हबल्दार प्रेम थापा र बुद्ध विष्टले बस्नेतमाथि निर्घात कुटपिट गरेका हुन्। स्थानीय सडक निर्माणका विषयमा आयोजित बैठकमा सहभागी भएर घर फर्किने क्रममा २९ पुसको राती ९ बजे बस्नेतमाथि निर्घात कुटपिट भएको थियो भन्ने खबर नयाँ पत्रिका दैनिकमा छ। बस्नेतमाथि कुटपिट गर्ने थापा र विष्टलाई निलम्बन गरिएको बागलुङका एसपी दीपक रेग्मीले जानकारी दिए। बस्नेतको पोखरामा उपचार भइरहेको छ।

२०७५ माघ १३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्