News Portal

बाक्लो हुस्सुको कारण त्रिभुवन विमानस्थलमा उडान – अवतरण अवरुद्ध

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१३४ पटक
काठमाडौं

 

काठमाडौं । मौसममा आएको गडबडीका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज उडान एवं अवतरण अवरुद्ध भएको छ ।

काठमाडौं उपत्यकामा सिमसिम पानी परिरहेकाले एवं भिजिबिलिटी एकदमै कम भएकाले विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान एवं अन्य ठाउँबाट आउने जहाज अवतरण आइतबार बिहानैदेखि ठप्प भएको हो।

उडान अवतरणका लागि १५ सय मिटरसम्म भिजिबिलिटी आवश्यक हुन्छ। तर अहिले काठमाडौंको भिजिबिलिटी सय मिटरमा झरेको मौसमविद्ले बताएका छन्। जहाज उडान नहुँदा बिहानै पुगेका यात्रुहरू विचल्लीमा परेका छन्।

२०७५ माघ १३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्