News Portal

शिवपुरी मिडिया नेटवर्कद्धारा अपांगता भएका व्यक्तिहरुलाई ब्लाङकेट बितरण

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१३१ पटक
काठमाडौं

 

माघ १३, काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका ८ थानापतिमा ३० जना अपांगता भएका व्यक्तिहरुका लागि ब्लाङकेट बितरण गरिएको छ ।

शिवपुरी मिडिया नेटवर्कको संयोजनमा शिवपुरी अपांग संघ थानापतिले आयोजना गरेको एक कार्यक्रममा शिवपुरी गाउँपालिका ८ का अपांगता भएका व्यक्तिहरुलाई उक्त सामान बितरण गरिएको हो ।

कार्यक्रममा शिवपुरी गाउँपालिका ८ थानापतिका वडा अध्यक्ष पदमबहादुर थपलियाले ग्रामीण भेगमा रहेका अपांगता भएका व्यक्तिहरुको अवस्था दयनीय रहेको बताउँदै उनीहरुलाई ज्ञान, सिप दिनुपने बताए ।

प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना (तरकारी जोन) का अध्यक्ष एवं जागरुक सहकारीका अध्यक्ष रामप्रसाद पुडासैनीले अपांगता भएका व्यक्तिहरुका निम्ती यस्ता कार्यक्रमहरु आउनु राम्रो रहेको बताँउदै सामाजीक कामहरुमा आफनो तर्फबाट सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा शिवपुरी मिडिया नेटवर्ककका अध्यक्ष एवं शिवपुरी अपांग संघका अध्यक्ष रबिन थपलियाले शिवपुरी गाउँपालीकासंग समन्वय गरेर गाँउपालीका भरीका अपांगता भएका व्यक्तिहरुको डाटासंकलन गरी उनिहरुका निम्ती उपयुक्त कार्यक्रम ल्याइने बताए । थपलियाले थानापति मन्दीरमा शिवपुरी मिडियाले आयोजना गरेको कार्यक्रमबाट बचेको रकममा मिडियाको तर्फबाट केहि पैसा थप गरेर शिवपुरीमा अपांगता सहायताकोष बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

२०७५ माघ १३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्