News Portal

नेविसंघले प्रधानमन्त्री ओलीको पुत्ला जलायो

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१४७ पटक
काठमाडौं

माघ १३, काठमाडौं – नेपाल विद्यार्थी संघ (नेविसंघ) पशुपति क्याम्पसका विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । आइतबार बिहान विद्यार्थी नेता मनोज वैद्यको नेतृत्वमा क्याम्पस अगाडि प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् ।

चिकित्सा शिक्षा विधेयक संसदबाट पास गरेको विरोध गर्दै नेविसंघले ओलीको पुत्ला दहन गरेको हो ।

पुत्ला दहनका क्रममा नेविसंघले बलात्कारपछि हत्या गरिएकी कञ्न्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन र वाइडबडी खरिद प्रकरणमा भएको अनियमितताको छानविन गर्न माग गरेको छ ।

२०७५ माघ १३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्