News Portal

भरतपुर महानगरपालिका–१५ मा बन्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको घोषणा माघ १६ गते

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
११६ पटक
काठमाडौं

माघ १३, काठमाडौं – भरतपुर महानगरपालिका र धुर्मुस–सुन्तली फाउन्डेसनको सहकार्यमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको १६ माघमा घोषणा गरिने भएको छ । राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा रंगशालाको औपचारिक घोषणा हुने भएको हो ।

सोही कार्यक्रममा महानगरपालिका र फाउन्डेसनबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नामाकरण गरिएको रंगशाला भरतपुर महानगरपालिका–१५ मा बन्न लागेको हो । महानगरपालिकाले उपलब्ध गराउने २० बिघा ६ कठ्ठा जग्गामा रंगशाला बन्ने छ ।

२०७५ माघ १३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्